बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण दर,  शुक्रबार चार हजार १८२ जना संक्रमित

SHARE:

लन्डन जेठ १४ । बेलायतमा कोरोना संक्रमण दर बढेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

बिहीबार तीन हजार ५४२ रहेको संक्रमित संख्या एकैदिनमा ६ सय भन्दा बढी संक्रमित थपिएका हुन् । शुक्रबार चार हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ७७ हजार ७०५ पुगेको छ ।

बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । संक्रमण संख्यामा भएको वृद्धिसंगै संक्रमण मापन दर पनि एक स्तर बढेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ र ‘साइन्टिफिक एडभाइजारी ग्रुप’ द्वारा शुक्रबार सार्वजनिक तथ्यांक अनुसार कोरोना संक्रमण मापन (आर) दर १.० देखि १.१ कायम गरिएको छ ।

संक्रमण दर बढ्दै जाँदा आउँदो जुन २१ बाट पूर्ण रुपमा लकडाउनमुक्त हुने सम्भावना कम हुँदै गएको छ । कतिपय विज्ञहरुले लकडाउन खोल्ने सरकारको रोडम्यापलाई केहि महिना पछि सार्न सुझाएका छन् । तर, हस्पिटालिटी व्यवसायको समूहले भने यसको विरोध गर्दै आएको छ । सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट लकडाउनसम्बन्धि सम्पूर्ण कानूनी प्रावधानहरु हट्नेछन् ।

यसैगरी पछिल्लो २४ घन्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७६८ पुगेको छ । मृतक संख्या भने खासै वृद्धि भएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!