बेलायतमा ३१ जुलाईमा ‘उर्जाशील जीवन प्रवर्द्धन’ पदयात्रा हुने

SHARE:

लन्डन जेठ २३ । बेलायतमा आगामी ३१ जुलाईमा ‘उर्जाशील जीवन प्रवर्द्धन’ पदयात्रा हुने भएको छ ।

बर्सेनि हुने हाइक फर नेपाल इन वेल्सलाई थाँती राख्दै यस वर्ष महामारी (Pandemic)परिस्थितिलाई ध्यानमा राखेर परिस्थिति र आमजनभावनालाई सम्बोधन हुने गरी ‘उर्जाशील जीवन प्रवर्द्धन’ पदयात्रा गर्न लागिएको तमु प्ये ल्हु संघ यूकेका निवर्तमान अध्यक्ष एवं हाईक फर नेपाल-युकेका संयोजक मेजर (रि) खुशीमान गुरुङ (एम.भि.ओ.) ले जानकारी दिए ।

गत वर्षहरुमा पोखरेली मञ्‍च यूके आयोजक एवं नेपालस्थित वि विल राईज फाउन्डेशन, नेपालको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनका निम्ति हाइक फर नेपाल इन वेल्स हुने गरेको थियो ।

‘पोखरेली मञ्‍च यूके आयोजक एवं नेपालस्थित वि विल राईज फाउन्डेशन, नेपालको (We Will Rise Foundation)सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनको निम्ति हरेक वर्ष वेल्समा आयोजना गरिँदै आएको हाइक फर नेपाल इन वेल्स Hike for Nepal in Wales (Hiking & Camping 30 Jul-1 Aug 2021) कार्यक्रम यस वर्ष वर्तमान महामारी (Pandemic)परिस्थितिलाई ध्यानमा राखेर परिस्थिति र आम जनभावनालाई सम्बोधन हुने गरि “उर्जाशील जीवन प्रबर्द्धन” ( Promoting energetic life)को निम्ति पदयात्रा कार्यक्रम आयोजना हुने जानकारी गराउँदछौं,’ हाईक फर नेपाल-यूके
संयोजक मेजर (रि) खुशीमान गुरुङ, एम.भि.ओ. र पोखरेली मञ्‍च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।

पदयात्रामा सहभागी हुन इच्छुक महानुभावहरुले आफ्नो बस्ने वा क्याम्पिंगको व्यवस्था स्वयंले गर्ने पर्ने तथा आफू र परिवारको लागि वेल्सका भ्रमण गर्नलायक आकर्षक ठाउँहरु र गर्न मिल्ने विभिन्न मनोरन्जनात्मक कृयाकलापहरुको बारेमा आवश्यक जानकारीहरु निकट भविष्यमा उपलब्ध गराइने सूचनामा उल्लेख छ । संयोजक गुरुङ र अध्यक्ष गुरुङले उक्त विशेष पदयात्रामा सहभागी हुने मौका नगुमाउन आफू र परिवारका लागि त्यहीअनुरुप समयमा नै आवश्यक योजना बनाएर आउन अनुरोध गरेका छन् ।

विशेष पदयात्राको लागि कहाँ र कसरी भेट्नेबारे पूर्ण जानकारी छिट्टै दिइने पनि सूचनामा लेखिएको छ ।

हाईक फर नेपाल आयोजकले विगतमा झैं पदयात्रा गर्न नसकिएकोमा दुखित भएको जनाउँदै आगामी वर्ष कोभिड १९ लाई पूर्ण रुपमा पराजित गर्न सकेमा उक्त कार्यक्रमले निरन्तरता पाउने आशा व्यक्त गरेका छन् । ‘हामी यस पटकको “हाईक फर नेपाल” पदयात्रा विगतका वर्षहरु झैं भव्य रुपमा संचालन गर्न असमर्थ भएकोमा दु:खित छौं । तर कोभिड-१९ लाई हामी एक पटक पूर्णरुपमा पराजित गर्न सक्यौं भने आगामी वर्षका हाम्रा कार्यक्रमहरु पहिलेकै झैं पुन: संचालन गर्न सक्ने आशा गरौं’ सूचनामा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!