बेलायतबाट नेपाल पठाइएको अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण हुँदै

SHARE:

अभियानमा साथ दिने सम्पूर्णलाई जुम कार्यक्रममा जोडिन एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अनुरोध

लन्डन जेठ २४ । बेलायतबाट नेपाल पठाइएको अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गरिने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अगुवाइ र नेपाली राजदूतावास लन्डनको पहलमा सञ्‍चालन गरिएको ‘अक्सिजन पठाऔं, नेपालीको ज्यान बचाऔं’ अभियानअन्तर्गत नेपाल पुर्‍याइएको अक्सिजन कन्सन्ट्रेटर सोमबार बेलुकी जुम भर्चुअल कार्यक्रममार्फत हस्तान्तरण गर्न कार्यक्रम तय भएको एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिएकी हुन् । अध्यक्ष गुरुङका अनुसार सोमबार नेपाली समयअनुसार बेलुकी ५ बजे (यूके समय १२:१५) भर्चुअल जुममार्फत अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण हुनेछ ।

कोरोना महामारीबाट प्रताडित नेपालीका लागि बेलायती नेपालीबाट संकलित रकमबाट चीनमा खरिद गरिएको १५० थान अक्सिजन कन्सन्ट्रेटर शनिबार नै नेपाल पुगिसकेको छ । अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलगायतको उपस्थिति रहने छ ।

यसैबीच एनआरएनए यूकेकी अध्यक्ष गुरुङले ‘अक्सिजन पठाऔं, नेपालीको ज्यान बचाऔं’ अभियानमा साथ दिने सम्पूर्ण संघ संस्थाका अध्यक्ष, समाजका अभियन्ताहरु, अग्रजहरु , पत्रकारलाई ओक्सिजन हस्तान्तरण कार्यक्रममा जुममार्फत उपस्थित भइदिन अनुरोध गरेकी छन् ।
Zoom ID : 93826599985
Password : 2021

अभियानअन्तर्गत बेलायतमा विभिन्न संघ संस्था तथा नेपालीहरुबाट करिब २,५०,००,०००/- (दुई करोड पचास लाख) नेपाली रुपैयाँ संकलन गरिएको थियो । १५० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर पनि रकम बाँकी रहेको एनआरएनए यूकेले जनाएको छ । २ करोड ५० लाखमध्ये केही रकम केही हजार पाउन्ड उठ्न बाँकी रहेकोले ती रकमबाट अक्सिजन प्लान्ट सहयोग गर्ने तयारी रहेको जनाउँदै अध्यक्ष गुरुङले चाँडो एनआरएनए यूकेको खातामा जम्मा गरिदिन पनि अनुरोध गरिसकेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!