एनआरएनए यूकेको सदस्यता आवेदन मिति ४ दिन थपियो

SHARE:

लन्डन जेठ २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता आवेदन मितिलाई ४ दिन थप गरेको छ ।

शुक्रबार राति अबेरसम्म चलेको कार्यसमितिको आकस्मिक बैठकले गत बिहीबार जुन १० मा सकिएको समयअवधि लम्ब्याउँदै जुन १४ सम्म पुर्‍याउने निर्णय गरेको हो । बैठकले एनआरएनए यूकेको आसन्न निर्वाचनमा मताधिकार हुने गरी सदस्यता आवेदनको समयसीमा बढाउने निर्णय गरेको जानकारी महासचिव फडिन्द्र भट्टराईले दिए । उनका अनुसार जुन १४ सोमबार राति १२ बजेसम्म रीतपूर्वक आएका सदस्यता आवेदन मान्य हुनेछ ।

एनआरएनए बेलायत निर्वाचनमा उम्मेदवारहरु मध्ये अध्यक्षका प्रत्यासी प्रेम गाहामगरलगायतका उपाध्यक्षहरुले निर्धारित मिति थप्नु नहुने मत जाहेर गरेका थिए । स्रोतका अनुसार अर्का प्रत्यासी दीपक श्रेष्ठ केही दिन थप्नु पर्ने पक्षमा थिए । एनआरएनए बेलायत अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा पक्ष र विपक्षमा मत बाडिएको थियो ।

महासचिव भट्टराईका अनुसार बैठकमा एनआरएनए यूकेका निर्वतमान अध्यक्ष तथा आईसीसी सदस्य योग कुमार फगामी तथा आईसीसी सदस्यहरु सुशीला राई, लीला देवी गुरुङ, रामशरण सिंखडा, दयानिधी सापकोटा, सुरोज मास्के, अर्काराज तिम्सेना समेतको उपस्थित थिए ।

कार्यसमितीका ३१ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!