नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल, एभरेस्टका गुरुङ कोषाध्यक्ष र नेम्वाङ सदस्यमा निर्वाचित

SHARE:

लन्डन जेठ ३० । नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल विजयी भएका छन् ।

आइतबार १३ जुनमा भएको पाँचौं अधिवेशनबाट अध्यक्षमा अर्याल निर्वाचित भएका हुन् । उनले २६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी श्यामकुमार लुइँटेलले १६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार ३२ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी सञ्जयभक्त कँडेलले १० मत मात्रै प्राप्त गरे ।

महासचिवमा भने नरेन्द्रकुमार बस्नेत २७ मतसहित विजयी बनेका छन् । उनका प्रतिस्पर्धी जगनाथ कार्कीले १५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भइन् भने खुला उपाध्यक्षतर्फ शिव भण्डारी पनि निर्विरोध भएका छन् ।

सचिव मञ्जु भण्डारी खरेल र कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम निर्विरोध भएका छन् ।

यस्तै सदस्यहरुमा गोमा राना, जयराम तामाङ, नगेन्द्रराज नेम्वाङ निर्विरोध निर्वाचित भएका छन् । तीन जना पछि मनोनयन गर्ने जनाइएको छ । कार्यसमिति चयनका लागि प्रमुख निर्वाचन आयुक्त रमेशसिङ सराङकोटी थिए ।

पत्रकार महासंघ बेलायतको अधिवेशन आइतबार नै सुरु भएको हो । पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता र महासचिव रोशन पुरीको विशेष आतिथ्यतामा उद्घटन सत्र सञ्चालन गरिएको थियो ।

अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विभिन्‍न वक्ताहरुले अधिवेशन सफलताको शुभकामना र निर्विरोध निर्वाचित र भोटिङबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई अग्रिम बधाई दिएका थिए । उद्घाटन सत्रमा महासंघ बेलायत शाखाले बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आइतबार सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगीरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्वप्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाह रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!