बेलायतमा थप चार साता लकडाउन गरिने

SHARE:

लण्डन जेठ ३१ ।

बेलायतमा कोरोना भाइरस कोभिड–१९ नियन्त्रणका लागि लगाइएको लकडाउन अझै पूर्णरुपमा नहट्ने भएको छ ।

यसअघि जुन २१ बाट पूर्णरुपमा लकडाउन हटाउने तयारी गरिएको भए पनि वरिष्ठ मन्त्रीहरुले थप चार साता लकडाउन थप गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । बेलायतमा जुन २१ मा लकडाउन हटाउँदा संक्रमण बढ्न सक्ने जोखिम रहेको भन्दै विज्ञहरुले लकडाउन तत्काल नहटाउन सुझाव दिएका थिए ।

यससँगै बेलायतमामा खेलकूदका कार्यक्रम, पब र सिनेमा हल सीमित क्षमतामा सञ्चालन गर्नुपर्ने र नियम कायम रहनेछ भने नाइट क्लब अझै बन्द रहनेछन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार यो निर्णय घोषणा गर्नेछन् । विज्ञहरुले पछिल्लो समय भारतमा सबैभन्दा पहिला फेला परेको डेल्टा भेरियन्टको संक्रमण नियन्त्रणका लागि पनि लकडाउन अझै लम्ब्याउँदै मानिसहरुलाई कोरोना खोपको लागि प्रेरित गर्नुपर्ने बताएका छन् । डेल्टा भेरियन्ट बेलायतमा भेटिएको अल्फा भेरियन्टभन्दा ६० प्रतिशत बढी संक्रामक मानिएको छ ।

बेलायतमा पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेको छ । विशेषगरी डेल्टा भेरियन्टको कारण संक्रमण निरन्तर उकालो लाग्ने क्रममा देखिएको छ । अहिलेकै क्रम जारी रहने हो भने जुन २१ सम्ममा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या १५ हजार नाघ्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!