बेलायतका लागि नेपाली राजदूत रेग्मीसँग स्याङ्जावासीको प्रत्यक्ष भेट

SHARE:

गोमा राना
लन्डन असार ७ । स्याङ्जावासीहरु र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उनका परिवार साथै राजदूतावास परिवारसँग जुन महिनाको २० तारिख २०२१ आइतबार क्याम्बर्लीस्थित मिमोसामा पहिलो भेट भएको छ । हुन त यो भन्दा पहिले भर्चुअल जुमको माध्यमबाट स्वागत तथा परिचयात्मक कार्यक्रम भइसके तापनि प्रत्यक्ष भेट भने यो पहिलो पटक हो ।

नेपालीहरु आफ्नो देशको राजदूत पाउँदा एक संरक्षक र अभिभावकको रुपमा लिँदै गर्दा अझ आफ्नै जिल्लाको राजदूत पाउँदा झनै बढी उत्सुक र खुसी हुनु त स्वाभाविकै हो यस अर्थमा स्याङ्जावासीहरु पनि आफ्नो जिल्लाको राजदूत सँग भेट हुन पाउँदा अत्यन्तै हर्षित देखिन्थे । उक्त दिन ‘फादर्स डे’ पनि परेकोले यही खुशीयालीमा राजदूत रेग्मीलाई खादा र पुष्पगुच्छासहित केक काटेर स्वागत गरिएको थियो ।

राजदूत रेग्मी, नेपालीहरु त्यसमा पनि आफ्नै जिल्लावासीसँग पहिलोचोटी प्रत्यक्ष भेट्न पाउँदा अत्यन्तै खुशी र भावुक देखिन्थे । आफ्नो कार्यकालमा बेलायतमा रहँदा सम्पूर्ण नेपालीहरुसँग आत्मीयताका साथ सहज रुपमा आफ्नो देशसँग निकटमा रहेर काम गर्ने राजदूत रेग्मीले प्रतिबद्धता जनाए ।

यूकेमा स्याङ्जावासीहरुको धेरै नै जनसंख्या भए पनि महामारी कोभिड-१९ को कारणले गर्दा ३० जनाभन्दा बढी जम्मा हुन नपाउने नियमले गर्दा नियमभित्रै रहेर स्वागत कार्यक्रम सम्पन्न भयो ।

एकातर्फ सबैलाई सामेल गर्न नपाएकोमा दुखी भए भने अर्कोतर्फ, थोरै समयको सूचनामा पनि जम्मा भइ कार्यक्रम सफल पारेकोमा अध्यक्ष शारदा गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!