एनआरएनए यूकेद्वारा पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई

SHARE:

तस्बिर : मिलन तमु

लन्डन असार १२ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघ बेलायतको नवनिर्वाचित पाँचौं कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ ।

अल्डरसटस्थित एनआरएनए यूकेको कार्यालयमा शुक्रबार आयोजित शुभकामना तथा परिचयात्मक कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष पुनम गुरुङ लगायतले बधाई दिएका हुन् ।

अघिल्लो आइतबार १३ जुनमा भएको नेपाल पत्रकार महासंघ यूकेको पाँचौं अधिवेशनबाट अध्यक्षमा ध्रुवराज अर्यालसहित नयाँ कमिटी निर्वाचित भएको थियो । वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार, महासचिवमा भने नरेन्द्रकुमार बस्नेत, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, खुला उपाध्यक्षतर्फ शिव भण्डारी, सचिव मञ्जु भण्डारी खरेल र कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ तथा सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम निर्विरोध भएका थिए । यस्तै सदस्यहरुमा गोमा राना, जयराम तामाङ, नगेन्द्रराज नेम्वाङ निर्विरोध निर्वाचित भएका थिए ।

शुक्रबारको कार्यक्रममा एनआरएनए अध्यक्ष पुनम गुरुङ, उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव फडीन्द्र भट्टराई, सचिव जीत रानाभाट, दीपक श्रेष्ठ, ह्यारी गुरुङसहित पदाधिकारी, पत्रकार महासंघ बेलायत शाखाका पदाधिकारीहरु, पत्रकारहरु नवीन पोखरेल, वाचस्पती रेग्मी, मिलन तमु, लगायत विभिन्‍न व्यक्तित्वको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!