धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ

SHARE:

लन्डन असार २० । धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

जुलाई ३ तारिख शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको निर्वाचन मण्डलले अध्यक्षमा गोलमान गुरुङ, प्रथम उपाध्यक्षमा भगवान गुरुङ, द्वितीय उपाध्यक्षमा आईबहादुर गुरुङ, सचिवमा हरिमाया (भावाना) गुरुङ, सह-सचिवमा मिलन गुरुङ, कोषाध्यक्षमा राम बहादुर गुरुङ, सह-कोषाध्यक्षमा टिका (बोता) गुरुङ निर्वाचित भएको घोषणा गरेको हो ।

हालसम्म ३ जना अध्यक्षहरु क्रमश: दुर्गमल गुरुङ, गुप्तबहादुर गुरुङ र गमबहादुर गुरुङहरुले धम्पुस पोखरी घोताने परिवार यूकेको सफल नेतृत्व गरिसकेका छन ।

यस्तै नयाँ कार्यसमितिको सांस्कृतिक संयोजकमा पबित्र गुरुङ, सह-संयोजकमा मिना गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा हर्क गुरुङ र याम गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ । सदस्यहरुमा भने थमन गुरुङ, अमृतमान गुरुङ, नमराज गुरुङ, दिपेन्द्र गुरुङ र बिकास गुरुङ चयन भएका छन् ।

पहिलो चरणको वार्षिक साधारणसभामा परिवारको कोषाध्यक्ष आई बहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव भगवान गुरुङले परिवारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अत्यन्तै सौहाद्रपूर्ण वातावरणमा सञ्चालन भएको वार्षिक साधारणसभामा सदस्यहरुले परिवारको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिँदै हालसम्म भइरहेका र हुँदै गरेका गतिविधिप्रति सबैजनाले खुसी प्रकट गर्दै तेस्रो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए ।

पहिलो चरण कार्यक्रमको अन्तमा अध्यक्ष गमबहादुर गुरुङले धन्यवाद मन्तव्य राख्दै तेस्रो कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।

दोस्रो चरणमा परिवारको चौथो कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङ, निवर्तमान अध्यक्ष गुप्तबहादुर गुरुङ, परिवारको सबैभन्दा जेष्ठ नागरिक ले. रि. जसबहादुर गुरुङ र सहारा यूकेका अध्यक्ष कुमार गुरुङले चौथौ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए ।

निर्वाचन परिणाम घोषणापश्चात् निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङले निर्वाचनमा उत्साहजनक रुपमा सहभागी भई सफल बनाइदिएकोमा अभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए । त्यसैगरि परिवारका सल्लाहकार सहारा यूकेका वर्तमान अध्यक्ष कुमार गुरुङले पनि शुभकामना मन्तव्य दिएका थिए ।

अन्तमा परिवारको नवनिर्वाचित अध्यक्ष गोलमान गुरुङले सर्वसम्मत परिवारको अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । गोलमान गुरुङ तमू समाज केन्ट यूके र धम्पुस परिवार यूकेका वर्तमान महासचिव पनि हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!