केन्ट असार २० । ईचिङ्गहिल गल्फ कोर्श फोल्कस्टोनमा गोर्खा हिल च्याम्पियनसिप गल्फ टुर्नामेन्ट गत शनिबार भव्य रुपमा सम्पन्न भएको छ । करिब १०१ जना गल्फर्सहरू सहभागी रहेको खेलका प्रायोजक गोर्खा हिल सुपर स्टोरका प्रोप्राईटर चन्द्रबहादुर गुरूङले जानकारी गराए । उनका अनुसार विभिन्न क्याटोगोरीमा सम्पन्न कम्पिटीसनका ग्रस च्याम्पियन गजेन्द्र गुरूङभए । अर्का प्रतिस्पर्धी सुनिल गुरूङ नेट च्याम्पियन घोषित भए ।
डिभिजन ए मा च्याम्पियन तुलजङ्ग गुरूङ, डिभिजन बि मा च्याम्पियन मन्जिल गुरूङ र सि मा च्याम्पियन कृष्ण तामाङ उत्कृष्ट ठहरिए । लामो दुरी पार गर्नेमा चन्द्र राई र सिनियर लामो दुरीमा डमर शाही च्याम्पियन ठहरिए । एनटिपी च्याम्पियन कृष्ण तामाङ भए भने एनजेपी च्याम्पियन प्रेम काजी गुरूङ विजेता बने । काउन्ट ब्याक च्याम्पियन गंगा मल्ल बन्न सफल भए ।
विभिन्न क्याटोगोरीमा विजेता उपविजेताहरूलाई तमुधिं यूकेका भूपू अध्यक्ष ज्ञाम गुरूङ, शान्त गुरूङ र फोल्कोस्टन नेपलिज कम्युनिटीका भूपू अध्यक्ष तथा प्रायोजक चन्द्रबहादुर गुरूङले नगद र ट्रफी बितरण गरे ।
पहिलादेखि चलिरहेको गल्फ टुर्नामेन्टलाई २०१८ बाट गोर्खा हिल च्याम्पियनसिपको रूपमा आफ्नो तर्फबाट शिल्ड ट्रफी र नगद पुरस्कार प्रदान गरिँदै आएको प्रोप्राईटर गुरूङले जानकारी गराए । आफूलाई स्पोन्सरमा आर्थिक सहयोग मद्दत गरेका पोखरा ट्राभल्स, लेमन लिफ रेस्टुरेन्ट, एभरेष्ट क्याफे, ओरियन्टल बफे, दिदीबहिनीहरू हुमसिरी गुरूङ, कुलदेवी गुरूङ, ईन्द्र गुरूङ, शर्मिला गुरुङ, लक्ष्मी गुरूङ र परिवार, दाजुभाइहरू दिलीपकुमार गुरूङ एमबिई, सूर्य गुरूङ, गिरीप्रसाद गुरूङ, कृष्ण गुरूङ , तेज गुरूङ, चित्र गुरूङ र प्रबिण क्षेत्रीलाई धन्यवाद दिए ।
गल्फ कम्पिटीसन सफल बनाउन कोअर्डिनेट गर्ने गोर्खा गल्फ सोसाईटी यूकेलाई धन्यवाद दिए । उक्त दिन दुवै दम्पतीको २५ औं एनिभर्षरी संयोग परेकोले गोर्खा गल्फ सोसाईटीका चेयर मेन सोमराज तामाङले पुष्पगुच्छा र कार्ड प्रायोजक चन्द्रबहादुर गुरूङ र शान्त गुरूङलाई बधाई, शुभकामना र धन्यवाद दिए ।






