एनआरएनए यूके अधिवेशन अनलाइन माध्यमबाट गर्ने निर्णय

SHARE:

लन्डन असार २० । गैरआवासीय नेपाली संघ बेलायतको २०१९–२१ कार्यकालको अधिवेशन आगामी जुलाई १८ तारिख ‘भर्चुअल’ माध्यमबाट गर्ने भएको छ ।

शुक्रबार सम्पन्न संघको कार्यसमिति पूर्ण बैठकले आगामी निर्वाचन अनलाइन माध्यमबाट गर्ने निर्णय गर्दै उम्मेद्वारी दिने पदाधिकारी तथा सदस्यहरुको मनोनयन शुल्क यसपूर्व (२०१७–१९) को निर्वाचनमा तोकिए बमोजिम नै गर्ने निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । उम्मेदावारी शुल्क एनआरएनए यूकेको तोकिएको खातामा अनलाइनमार्फत भुक्तानी हुनुपर्ने छ ।

बैठकले गैरआवासीय नेपाली संघ बेलायत अन्तर्गतका सबै राज्य परिषदहरुको निर्वाचन राष्ट्रिय समन्वय परिषदले अपनाएको निर्वाचन प्रणालीअनुसार केन्द्रिय निर्वाचन समितिको मातहत तथा राज्य समन्वय परिषदको परामर्शमा गर्ने निर्णय भएको संघले जनाएको छ । राज्यपरिषदको हकमा राज्य समन्वय परिषदको परामर्शमा आवश्यकता अनुसार निर्वाचन उपसमिति गठन गर्न सकिनेछ । उपसमितिहरुको क्षेत्राधिकार निर्वाचन समितिले तोके अनुसार हुनेछ ।

बैठकले निर्वाचनका लागि आवश्यक पर्ने खर्च निर्वाचन समितिबाट माग भए बमोजिम प्रदान गर्न अध्यक्षको परामर्शमा कोषाध्यक्षलाई म्यान्डेट दिने निर्णय भएको छ । एनआरएनए यूकेको आगामी जुलाई ३१ तारिख हुने निर्वाचन गर्न यस अघि ३० मार्च २०२१ को कार्यसमितिको निर्णय अनुसार निर्वाचन प्रमुख आयुक्तमा पूर्व अध्यक्ष महेन्द्रराज कँडेललाई जिम्मेवारी दिइएकोमा प्रमुख आयुक्तको प्रस्ताव अनुसार निर्वाचन समिति विस्तार तथा पूर्णता दिन एक सदस्य सचिव सहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने सम्पूर्ण म्यान्डेट प्रमुख निर्वाचन आयुक्त महेन्द्र राज कडेललाई दिने निर्णय गरेको छ ।

निर्वाचन सम्बन्धि सम्पूर्ण निर्णय गर्ने अधिकारको अख्तियारी निर्वाचन समितिलाई प्रदान गरिएको छ । निर्वाचन समितिले पूर्णता पाउनासाथ आधिकारिकता सहित निर्वाचन सम्बन्धि आवश्यक कार्यसम्पादन शुरु गर्न सक्ने महासचिव भट्टराईले जनाए । संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको बैठकमा एनआरएनए यूकेका पूर्वअध्यक्ष तथा वर्तमान प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेल, निर्वतमान अध्यक्ष तथा आइसीसी सदस्य योगकुमार फगामी तथा आइसीसीहरु दयानिधि सापकोटा, रामशरण सिंखडा, सुरोज मास्के, अर्कराज तिम्सेनाको उपस्थिति थियो ।

बैठकमा एनआरएनए यूके पदाधिकारीहरु, ४ वटै राज्य परिषदका अध्यक्ष लगायत २७ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!