टोकियो ओलम्पिकका लागि जापान आएका नेपाली पौडी खेलाडीहरुले सुरु गरे अभ्यास

SHARE:

टोकियो । टोकियो ओलम्पिकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास शुरु गरेका छन् । एयरपोर्टमा कोरोना नेगेटिभ रिजल्ट आएपछि तोकुशिमा आइपुगेका नेपाली पौडी खेलाडी गौरिका सिंह र अलेक्जेन्ड शाह(फिलिप)लेतोकुशिमास्थित कुरामोतो स्विमिङ पुलमा अभ्यास गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

तोकुशिमामा आइपुग्दा नेपाली खेलाडीलाई भब्य स्वागत गरिएकोमा गौरिका सिंहले तोकुशिमावासीसहित जापानलाई आभार ब्यक्त गरेकी छिन् । नेपाली खेलाडीलाई तोकुशिमावासीले नेपाली पोषकसहित भब्य स्वागत गरेका थिए ।

पहिलो दिनको अभ्यासमा नेपाली खेलाडीले कुनै कठिनाईको महसुस नगरेको एनएचकेले जानकारी दिँदै, नेपाली खेलाडीको अभ्यास खेललाई महत्वका साथ प्रशारण गरेको छ । नेपाल ओलम्पिक कमिटी र तोकुशिमा प्रान्तबीच टोकियो ओलम्पिकमा सहकार्य गर्ने सहमतिपछि जापानको वातावरण मिलाउन दुबै खेलाडीलाई दुई हप्ता अगाडि नै अभ्यासका लागि तोकुशिमा ल्याइएको हो ।

टोकियो ओलम्पिकमा नेपाली दुबै पौडी खेलाडीले १ सय फ्रिस्टाईलमा प्रतिस्प्रर्धा गर्ने छन् ।

फोटो सौजन्य : एनएचके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!