वेम्बली रंगशालामा भएको युरो-२०२० को उपाधि इटालीले जित्यो

SHARE:

लन्डन असार २८ । लन्डनस्थित वेम्बली रंगशालामा भएको युरो–२०२० को उपाधि इटालीले जितेको छ ।

आइतबार राति इंग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले उपाधि चुमेको हो । खेल अतिरिक्त समयमा १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।

इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले पेनाल्टीमा २ वटा प्रहार बचाएका थिए । तर इंग्ल्यान्डका तीन जना खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए । इंग्ल्यान्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन र ह्यारी मग्वायरले गोल गरेका थिए । तर मार्कस रसफोर्ड, जेडन सान्चो र बुकायो साका पेनाल्टीमा चुकेपछि लामो समयपछि ठूलो प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको योजनामा धक्का पुगेको हो । रसफोर्डको प्रहार पोलमा ठोक्किएको थियो भने सान्चो र साकाको प्रहार इटालीका गोलरक्षक डोनारमाले रोकेका थिए ।

त्यस्तै इटालीका बेलोटी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलरक्षक पिकफोर्डले बचाएका थिए । इटालीका लागि फेडेरिक बेर्नार्डेस्की, बोनुची र बेर्राडीले गोल गरेका थिए । यसअघि खेलको दोस्रो मिनेटमै इंग्ल्यान्डले ल्युक शको गोलमा अग्रता लिएको थियो । इटालीका लागि खेलको ६७औं मिनेटमा लिओनार्दो बोनुचीले बराबरी गोल गरेका थिए ।

इटालीले सन् १९६८ पछि पहिलो पटक युरो कपको उपाधि जितेको हो । इंग्ल्यान्डले भने सन् १९६६ मा विश्वकपको उपाधि जितेयता कुनै पनि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!