१९ औं गोर्खा कप: यसपटक झन् विशेष !

SHARE:

लण्डन साउन ३ ।

तस्बिर मिलन तमु

कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कप यसपटक १९ औं संस्करण हो । बेलायतमा कोभिड संक्रमणदर फेरि बढिरहंदा किन इभेन्ट गरियो भन्ने प्रश्नमा आयोजकले स्थानीय रसमोर बरो काउन्सिल र सरोकारवाला सबै निकायको सल्लाह एवं कोभिड रिक्स एसेसमेन्टपछि इभेन्ट गर्न लागिएको बताउंदै जोखिम ज्यादै नभएको दावी गरेको छ ।

तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक क्याप्टेन देव घलेले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत गोर्खा कपको तयारीबारे जानकारी दिए । उनले ७१ जनाको टिमले इभेन्ट सफल बनाउन काम गरिरहेको बताउंदै मेनतर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० गरि कुल ४२ टिम सहभागी हुने पनि जनाए ।

प्रतियोगितामा मेन क्याटगोरीको प्रथम विजेतालाई २५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, दोश्रो विजेतालाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा भेट्रान्सको पहिलो बिजेताले १२०० पाउन्ड र सेकेन्ड हुने टिमले ८०० पाउण्ड पुरस्कार पाउनेछन् । ‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने आयोजक तमुधिं यूकेले जनाएको छ ।

३५ हजार पाउण्ड बढी खर्च लाग्ने उक्त इभेन्टमा सुरक्षा, कोभिड प्रोटोकल, शौचालय, पार्किङ आदिको भरपुर व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । गोर्खा कपमा फुटबलबाहेक सामूहिक कल्चरल डान्स, लाइभ गायन, प्यारासुट डिस्प्ले, खाना(हस्तकलाका स्टल, पञ्चेबाजा आदि प्रमुख आकर्षण हुने संयोजक घलेले जनाए ।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले सरकारले पनि कोभिड नियम हटाएकाले गोर्खा कप भव्य हुने आशा व्यक्त गरे । उनले यस इभेन्टलाई तमुधिं यूकेको मात्र नभइ सबैको साझा मानेर कार्यक्रममा सहभागिता जनाइदिन अपिल पनि गरे । पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिएका थिए भने मिडिया सेक्रेटरी एसके गुरुङले मिडियाकर्मीको स्वागत तथा परिचय दिए । स्टल कोअर्डिनेटर तथा तमुधिं यूके उपाध्यक्ष तुलाराम गुरुङले स्टल, टेन्ट लगायतबारे बताए । सो अवसरमा टिम ‘ड्र’ पनि गरिएको थियो ।

प्रत्यक्ष र भर्चुअल गरिएको उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर, पूर्व अध्यक्ष चिरन शर्मा, बाचस्पति रेग्मी, प्रकाश गुरुङ, नरेन्द्रराज नेम्वाङ लगायत विभिन्न व्यक्तिले जिज्ञासा राखेका थिए । हजारौं सहभागी हुने गोर्खा कप युवा खेल प्रतिभाहरुलाई अवसर मात्र होइन्, बेलायतवासी नेपालीमाझ भेटघाट र सुःखदुःख सांट्ने मुख्य इभेन्ट पनि मानिन्छ ।

कोरोनाका कारण गत वर्ष इभेन्ट रोकिएकाले यो वर्ष धेरै सहभागी हुने विश्वास गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!