‘गोर्खा कप प्रतियोगिता’लाई प्रेम गाहा मगरले गरे २११० पाउण्ड सहयोग

SHARE:

लण्डन साउन ४ ।

गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष एवम् आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवारप्रेम गाहा मगरले तमु धि यूकेले आगामी साता आयोजना गर्न लागेको १९ औं गोर्खा कप प्रतियोगिताका लागिदुई हजार एक सय दश पाउण्ड सहयोग प्रदान गरेका छन् ।

गाहा मगरले उक्त प्रतियोगिता अन्तर्गत पाराशुट जम्पतर्फको पुरस्कारका लागि सहयोग प्रदान गरेका हुन् । प्रतियोगिता जुलाई २४ मा लण्डनमा सञ्चालन हुने छ । ’१९ औं गोर्खा कप २०२१’ को पाराशूट जम्पको प्रायोजन २११० पाउण्ड सहयोग गर्नु भएकोमा हार्दिकधन्यवाद दिन चाहन्छौं,’ तमु धि यूकेले वक्तव्य जारी गर्दै भनेको छ ।

तमु धि यूकेद्वारा जारि वक्तव्यमा भनिएको छ, ‘नेपालका पूर्व राष्ट्रिय खेलाडी, ब्रिटिश बक्सिङ्ग टिमका पूर्वसदस्य गाहा मगरले यो संस्थाद्वारा स्थापना कालमा आयोजित फूटबल प्रतियोगितामा पनि खेल्नु भएको थियो। सामाजिक काममा रात दिन सक्रिय, युवाहरुलाई सधैं साथमा लिएर हिडने, कुरा कम काम बढी गर्ने, मिलनसार व्यक्तित्व श्री गाहा मगरलाई उहाँका सामाजिक अभियानहरुमा सधैं सफलता मिलोस् भन्नेशुभकामना पनि दिन चाहन्छौं।’

पूर्व बक्सिङ्ग खेलाडी गाहा मगर खेलाडी र युवाहरुका बीचमा लोकप्रिय मानिन्छन् । यसअघि उनले नटिङघम नेपाली समाजले आयोजना गरेको क्रिकेट प्रतियोगिताका लागि पाँच सय एक पाउण्ड सहयोग प्रदान गरेका थिए । तमु धि यूकेका अध्यक्ष हितकाजी गुरुङले प्रतियोगिताको लागि प्राप्त सहयोग प्रति धन्यवाद दिँदैप्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!