
लन्डन साउन ७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही जुलाई ३१ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
प्रथम नामावलीमा दावीविरोध र प्रमाणिकरणको प्रक्रियापछि निर्वाचन समितिले बिहीबार दिउँसो अन्तिम सूची प्रकाशन गरेको हो । यसअघि उम्मेदवारी दिनेमध्ये आइसीसी सदस्यका २ र स्कटल्यान्ड परिषद् अध्यक्षका १ गरी तीन जनाले उम्मेदवारी फिर्ता गरेका छन् । आइसीसी सदस्यमा उम्मेदवारी दर्ता गरेका अर्कराज तिम्सिना र केदार थपलियाले उम्मेदवारी फिर्ता लिएपछि दिनेश घिमिरे, कोशलेश्वर ढकाल, एलएन पाण्डे, महेश अधिकारी, राजेन्द्र पुडासैनी, समिर खनाल र भिमलाल भट्टराई निर्विरोध भएका हुन् ।
स्कटल्यान्ड परिषदको अध्यक्षमा उम्मेदवारी दिएका तीनमध्ये शिवकान्त खरालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।







