बेलायतमा आज १९ औं गोर्खा कप फुटबल प्रतियोगिता

SHARE:

लन्डन जुलाई २४ । बेलायतको नेपाली समुदायमा सबैभन्दा पुरानो र लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिता शनिबार हुँदैछ । शनिबार (२४ जुलाई) पुरानै स्थान क्वीन्स एभेन्यू अल्डरसटमा प्रतियोगितामा हुने छ ।

१८ वर्षदेखि निरन्तर सम्पन्न भइरहेको गोर्खा कप गत साल कोभिड महामारीका कारण रोकिएको थियो । तर यसपटक भने कोभिड १९ को नियमलाई सरकारले खुकुलो बनाएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सञ्‍चालन गरिने तमुधिं यूकेले जनाएको छ ।

कार्यक्रम संयोजक क्याप्टेन देव घलेले यसपटक मेनतर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० गरी कुल ४२ टिम सहभागी हुने पनि जनाए । प्रतियोगितामा मेन क्याटगोरीको विजेतालाई २५०० पाउन्ड, ट्रफी र सर्टिफिकेट, दोस्रो हुनेलाई १५०० पाउन्ड, ट्रफी र सर्टिफिकेट तथा भेट्रान्सको पहिलो बिजेताले १२०० पाउन्ड र सेकेन्ड हुने टिमले ८०० पाउन्ड पुरस्कार पाउनेछन् ।

यस्तै ‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने छ । ३५ हजारभन्दा बढी पाउन्ड खर्च लाग्ने उक्त इभेन्टमा सुरक्षा, कोभिड प्रोटोकल, शौचालय, पार्किङ आदिको भरपुर व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । गोर्खा कपमा फुटबलबाहेक सामूहिक कल्चरल डान्स, लाइभ गायन, प्यारासुट डिस्प्ले, खाना-हस्तकलाका स्टल, पञ्चेबाजा, ब्यापारी स्टलहरु र तमुहरुको परम्परागत सांस्कृतिक सामानहरू प्रदर्शन प्रमुख आकर्षण हुने संयोजक घलेले जनाए ।

तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले सरकारले पनि कोभिड नियम १९ जुनबाट हटाएकाले गोर्खा कप भव्य हुने आशा व्यक्त गरे । उनले यस इभेन्टलाई तमुधिं यूकेको मात्र नभई सबैको साझा मानेर कार्यक्रममा सहभागिता जनाइदिन अपिल पनि गरिसकेका छन् ।

स्टल कोअर्डिनेटर तथा तमुधिं यूके उपाध्यक्ष तुलाराम गुरुङले कार्यक्रम स्थलमा कुनै अल्कोहल पेय पदार्थ लान वा पिउन नपाउनेबारे पनि जानकारी गराइसकेका छन् ।

करिब ४ देखि ६ हजार दर्शक सहभागी हुने अनुमान गरिएको गोर्खा कपको उद्देश्य युवा खेल प्रतिभाहरुलाई अवसर मात्र होइन्, बेलायतवासी नेपालीमाझ भेटघाट हुने र सुःखदुःख साट्ने पनि रहेको छ । अधिकतम मात्रमा सहभागिता रहे पनि सरकारको नियमभित्र नै रहने आयोजकले बतायो । प्रतियोगिताको अवसरमा ८ हजार जनासम्म सहभागी हुन पाउनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!