राप्ती समाज यूकेद्वारा नेपालका विभिन्‍न जिल्लामा ७ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

SHARE:

लन्डन साउन १३ । राप्ती समाज यूकेले नेपालका विभिन्‍न ५ जिल्लामा ७ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

पहिलो र दोस्रो चरण गरी साविक राप्ती अञ्चलका ५ वटा जिल्लामा अक्सिजन कन्सन्ट्रेटर पुगेको राप्ती समाज यूकेले जानकारी दिएको छ ।

पहिलो चरणमा रेड जोनमा परेको दाङमा पहिलो चरणमा तीन वटा स्वास्थ्य केन्द्रहरुका लागि तीन वटा अक्सिजन कन्सन्ट्रेटरहरु वितरण गरेको थियो । राप्ति समाजका अनुसार दाङ लमही अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । उक्त अक्सिजन कन्सन्ट्रेटर लमही नगरपालिकाका मेयर कुलबहादुर केसी तथा अस्पतालकी डा रंजिता महतोलाई हस्तान्तरण गरिएको हो ।

यस्तै दाङ राजपुर स्वास्थ्य केन्द्रका लागि एक थान अक्सिजन कन्सनट्रेटर राजपुर नगरपालिकाका उपमेयर धनपति यादव तथा स्वास्थ्य केन्द्रकी इन्चार्ज कमला रोकालाई हस्तान्तरण गरिएको छ ।

दाङ एक थान अक्सिजन कन्सन्ट्रेटर पश्चिम दाङस्थित बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर जीसी तथा स्वास्थ्य केन्द्रका इनचार्ज भक्त जीसी लाई हस्तान्तरण गरिएको छ ।

दोस्रो चरणमा साबिक राप्तीको ५ वटा जिल्लाहरुलाई एक, एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको राप्ती समाजले जनाएको छ । जसअनुसार पुर्वी रुकुम एक थान अक्सिजन कन्सन्ट्रेसन रुकुम जिल्ला अस्पताल विकास समितिका अध्यक्ष फत्तेकुमारी ओलीलाई हस्तान्तरण गरिएको छ ।

समाजका सचिव काउन्सलर दिनेश खड्काले आफ्नो ब्यक्तिगतको तर्फबाट समाजमार्फत दिएको १ थान अक्सिजन कन्सन्ट्रेटर रोल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढामगरलाई हस्तान्तरण गरिएको छ । प्युठानमा एक थान अक्सिजन कन्सन्ट्रेटर प्युठान नगरपलिकाका मेयर अर्जुनकुमार काशापतिलाई र सल्यानमा एक थान अक्सिजन कन्सन्ट्रेटर सल्यानका उपमेयर साबित्रा घर्तीमगर तथा सल्यान हस्पिटलका निमित्त सुपरटेन्डट डा. दशरथ कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

अक्सिजन कन्सन्ट्रेटरका सहयोगदाता सम्पूर्ण यूकेमा बस्ने राप्तीवासीहरुमा हार्दिक आभार व्यक्त गर्दै नेपथ्यबाट भूमिका खेल्ने सबै बन्दोबस्त गर्ने व्यक्तित्वहरुमा पनि विशेष धन्यवाद दिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!