लन्डन । नायक तथा गायक राजु गुरुङ बेलायत आइपुगेका छन् । ४ जुलाई राति गायक गुरुङ लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । उनको स्वागतका लागि सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलगायत दर्जनौं एयरपोर्ट पुगेका थिए ।
गायक गुरुङ सोंपाल समाज यूकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन् । यही ११ जुलाईमा वेम्बली ह्यारोमा दिउँसो १२ देखि राति ८ बजेसम्म हुने कार्यक्रमका लागि गायक राजु बेलायतका आएका आयोजकले जनाएको छ ।
कार्यक्रममा तमु ह्युल छोंज धिं उपत्यका प्रमुख, नायक, गायक र समाजसेवी धर्मराज (राजु) गुरुङको विशेष आतिथ्य र साथमा सोंपाल समाज यूकेका युवाहरुद्वारा सांस्कृतिक प्रस्तुति डीजे संगीत, बच्चाहरुको लागि वाउन्सी क्यास्टल, युवाहरुको लागि फुटबल, महिला तथा पुरुषहरुका लागि मनोरञ्जनात्मक खेलहरु र राफल पाइजहरु हुने कार्यक्रम संयोजक दीपा गुरुङले जानकारी दिएकी छन् ।
चेलीबेटी, ज्वाइँ, भान्जाभान्जीहरु र सबै सदस्य तथा इस्टमित्रहरु, मान्यजनहरु र युवाहरुसहित बेलायतवासी नेपाली समुदायलाई कार्यक्रम सहभागी हुन कार्यक्रम संयोजक दिपा गुरुङले आग्रह गरेकी छन् । खेलकुद संयोजकमा भने भीमबहादुर गुरुङ रहेका छन् ।










तस्बिर सौजन्य : भरत गुरुङ र डेबिड गुरुङ






