पत्रकार महासंघ यूकेकी निवर्तमान उपाध्यक्ष विमला सेनेलाई मातृशोक

SHARE:

लन्डन साउन १५ । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष विमला सेनेलाई मातृशोक परेको छ ।

पत्रकार सेनेकी आमा दाउमन्ती पयांगु सेनेको ८५ वर्षको उमेरमा गत सोमबार लन्डनको साउथ ह्यारोस्थित आफ्नै निवासमा निधन भएको हो । गत १३ जुलाईमा लन्डनको नर्थविक पार्क अस्पताल भर्ना भएकी स्वर्गीय सेनेलाई १९ जुलाईमा घर फर्काइएको थियो ।

केही महिनाअघि मस्तिष्कघात भएपछि उनी निरन्तर उपचारको क्रममा थिइन् । तेह्रथुम जिल्लाको लालीगुरांश नगरपालिका स्थायी घर भएकी स्वर्गीय सेने विगत १५ वर्षदेखि परिवारका साथमा बेलायत बस्दै आएकी थिइन् ।

यसैबीच, नेपाल पत्रकार महासंघ यूके शाखाले स्वर्गीय सेनेको निधनमा शोक व्यक्त गरेको छ । महासचिव नरेन्द्र बस्नेतले बिहीबार एक वक्तव्य जारी गर्दै शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष विमला सेनेकी आमाको निधनले संस्थालाई स्तब्ध तुल्याएको जनाएका छन् ।

‘शोकको यस घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहकर्मी विमला सेनेसहित शोकसन्तप्त सिंगो परिवारमा नेपाल पत्रकार महासंघ बेलायत शाखा भावपूर्ण समवेदना प्रकट गर्दछ’, वक्तव्यमा भनिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!