चुनावको नतिजा तत्काल सार्वजनिक गर्ने व्यवस्था मिलाउन प्रेम गाहा मगरले गरे माग

SHARE:


लन्डन साउन १५ । गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमिति चयन गर्न यही शनिबार हुन गैरहेको चुनावको नतिजा तत्काल सार्वजनिक गर्ने व्यवस्था मिलाउन संघका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगरले माग गरेका छन् ।

बुधबार अबेर एक पत्रकार सम्मेलन गरी निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त महेन्द्र राज कडेलले अनलाइन चुनाव गराउने जिम्मा एक ब्रिटिश कम्पनीलाई दिइएको तर नतिजा आउन तीन दिन सम्म लाग्न सक्ने जनाएका थिए।

बिहीबार निर्वाचन समितिलाई एक पत्र पठाउदै मगरले एउटा डिभाइस वा एउटा आइपि ठेगानाबाट जति पनि मतदान गर्न मिल्ने व्यवस्था गर्नुका साथै सबै मतदाताहरुलाई कमसेकम ४८ घण्टा पहिले नै ‘टेस्ट मेल’ पठाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । उनले अनलाइन माध्यमबाट कसरी मतदान गर्ने भन्नेबारे सामाजिक संजाल र बेलायतबाट प्रकाशित हुने नेपाली मिडियालाई समेत अनुरोध गरेर मतदाता शिक्षाको काम तत्काल र व्यापकरुपमा संचालन गर्नपनि सुझाव दिएका छन्।

उनले मतगणना गर्न जिम्मा दिइएको ब्रिटिश कम्पनी, च्वाइस भोटिंग, संग भएका पत्राचारको सम्पूर्ण विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् ।

उपाध्यक्ष गाहा मगरले पठाएको पत्र जस्ताको तस्तै:

श्री महेन्द्र राज कंडेल ज्यू,

प्रमुख निर्वाचन आयुक्त

एनआरएनए युके निर्वाचन समिति २०२१

गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमिति चयन गर्न यही ३१ जुलाई २०२१ मा हुन गैरहेको निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष तथा विश्वसनीय बनाउन निम्न अनुसारको व्यवस्था मिलाउन हुन आग्रह गर्दछौं।

१. बेलायतमा नेपाली समुदाय एउटै घरमा ठूलो संख्यामा बस्ने गरेकाले एउटा डिभाइस वा एउटा आइपि ठेगानाबाट पांच जनाले मात्र मतदान गर्न पाउने भन्ने प्रस्ताव व्यावहारिक देखिंदैन। त्यसैले एउटा डिभाइस वा एउटा आइपि ठेगानाबाट जति पनि मतदान गर्न मिल्ने व्यवस्था गरियोस्।

२. सबै पन्जिकृत मतदाताहरुलाई कमसेकम ४८ घण्टा पहिले test mail पठाउने व्यवस्था मिलाइयोस्। यदि कुनै मतदाताले आफुले इमेल प्राप्त नगरेको उजुरी गरेमा त्यस्तो उजुरीलाइ तत्काल सम्बोधन गरी निजले मतदान गर्न पाउने सुनिस्चित गरियोस्।

३. बेलायतमा पहिलो पटक हुन गइरहेको अनलाइन मतदानबारे मतदाताहरुले प्रश्न गरि रहनु भएको छ। सही सूचना नपाउंदा अन्यौल र भ्रम देखिएको छ। अब मतदान हुन २ दिन मात्र बाँकी रहेकाले तत्काल कसरी मतदान गर्ने भन्ने बारे सामाजिक संजाल र बेलायतबाट प्रकाशित हुने नेपाली मिडियालाई समेत अनुरोध गरेर मतदाता शिक्षाको काम तत्काल र व्यापकरुपमा संचालन गर्न आग्रह गर्दछौं।

४. मतगणनाको पुरै अवधिमा अध्यक्षका उम्मेदवारहरुले तोकेका IT विज्ञहरुलाई अनुगमन गर्न दिने व्यवस्था मिलाइयोस्।

५. ३१ जुलाईमा मत गणना सकिए लगत्तै जतिसक्दो चांडो मतगणनाको परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइयोस्। मतगणनाको परिणाम सार्वजनिक गर्दा सबैलाई पायक पर्ने स्थानमा एउटा Venue बुक गरेर घोषणा गरियोस्।

६. मतगणना गर्न जिम्मा दिएको कम्पनी, Choice Voting , कुनै ब्रिटिश नियामक निकायबाट regulated छ वा छैन भन्ने कुराले निर्वाचनको समग्र विश्वसनीयतामा नै असर पर्ने भएकाले उक्त कम्पनी regulated छ वा छैन भन्ने जानकारी सार्वजनिक गरियोस्। साथै अहिलेसम्म ब्रिटिश भेन्डरसंग भएका पत्राचारको सम्पूर्ण विवरण सार्वजनिक गर्न पनि आग्रह गर्दछौं ।

धन्यवाद ।

प्रेम गाहा मगर

उपाध्यक्ष तथा अध्यक्ष पदको प्रत्यासी

एनआरएनए युके निर्वाचन समिति २०२१-२३

मिति: २९ जुलाई २०२१

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!