लन्डन म्याराथनमा भाग लिँदै सहारा एफसी खेलाडी टिम कप्तान कुन्जन गुरुङ

SHARE:

लन्डन  अक्टोबर २ । सहारा एफसी खेलाडी टिम कप्तान कुन्जन गुरुङले लन्डन म्याराथनमा भाग लिने भएका छन् । गुरुङ प्रख्यात फुटबल खेलाडी हुन् ।

स्वीइनफेन चेरिटेबल ट्रस्टको सहयोगार्थ आइतबार ३ अक्टोबर २०२१ मा हुने म्याराथनमा कप्तान गुरुङ सहभागी हुन लागेको सहारा यूकेका सचिव वाचस्पती रेग्मीले जानकारी दिए । सचिव रेग्मीले कुन्जनको महान् कामका लागि सहयोग संकलनमा मद्दत गर्न अपील समेत गरेका छन् ।

‘खेलकुद, स्वास्थ्य, शिक्षा र विभिन्न च्यारिटीएवल काम गर्दै समाजमा सशक्त सेवा पुर्‍याउँदै आएको सहारा यूकेले कुन्जन गुरुङले लन्डन म्याथनमा भाग लिन लागेको सुखद् अवसरमा आवश्यक सहयोग दिन हार्दिक अनुरोध छ,’ सचिव रेग्मीले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेका छन् ।

संसारमा आयोजना हुने प्रमुख ५ खेलमध्ये लन्डन म्याराथन पनि एक हो । हरेक वर्ष यसमा संसारभर गरी ३६ हजारभन्दा बढी धावक सहभागी भएर लाखौं सहयोग संकलन गर्ने गरिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!