लन्डन अक्टोबर ४ । सहारा एफसी खेलाडी टिम कप्तान कुन्जन गुरुङले स्वीइनफेन चेरिटेबल ट्रस्ट यूकेको सहयोगार्थ लन्डन म्याराथनमा भाग लिएका छन् ।
प्रख्यात फुटबल खेलाडीसमेत रहेका गुरुङले आइतबार ३ अक्टोबर २०२१ का दिन म्याराथनमा भाग लिएका हुन् । उनले पहिलो फूल म्याराथन ३ घण्टा ४४ मिनेटमा पूरा गरेका छन् ।
‘खेलकुद, स्वास्थ्य, शिक्षा र विभिन्न च्यारिटीएवल काम गर्दै समाजमा सशक्त सेवा पुर्याउँदै आएको सहारा यूके अन्तर्गतको सहारा एफसीका कुन्जनले ४ हजार ३१ पाउन्ड सहयोग संकलन गरेको उनका बुबा तथा सहारा यूकेका उपाध्यक्ष कुसाङ गुरुङले जानकारी दिए । स्वीइनफेन चेरिटेबल ट्रस्ट यूके मानवीय सेवाका लागि स्थापित विश्वकै ठूलो सञ्जालको रुपमा लिइन्छ ।
लन्डन म्याराथन पनि संसारमा आयोजना हुने प्रमुख ५ खेलमध्ये एक हो । हरेक वर्ष यसमा संसारभर गरी ३६ हजारभन्दा बढी धावक सहभागी भएर लाखौं सहयोग संकलन गर्ने गरिन्छ ।
यसैबीच सहारा यूकेका उपाध्यक्ष कुसाङ गुरुङले छोरा कुन्जनले लन्डन म्याराथनको सफलताप्रति खुसी व्यक्त गर्दै सबै सहयोगी र दाताहरुलाई धन्यवाद प्रकट गरेका छन् ।






