बेलायतमा हुने अन्तर्राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसीपमा भिड्दै विक्रम

SHARE:

लण्डन असोज २७ ।

बेलायतमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको एक प्रतियोगितामा नेपाली बडीबिल्डरले भाग लिने भएका छन् ।

यही शनिबार अक्टोबर १६ मा बेलायतको लेष्टर शहरमा हुने ‘ड्रग्स फ्रि बडी बिल्डीङ च्याम्पियनसिप’ मा अल्डरसट निवासी विक्रम थापा मगर सहभागी हुन लागेका हुन् । ‘यूके इन्टरनेसनल च्याम्पियनसिप’ शीर्षकको प्रतियोगितामा उनले ‘फिजिक’ विधामा प्रतिस्पर्धा गर्नेछन् । यसअघि गत सेप्टेम्बर ५ मा बेलायतकै क्यामबर्लीमा सम्पन्न काउटीस्तरीय कास्य पदक जित्दै विक्रम उपल्लो स्तरको प्रतियोगिताका लागि छनौट भएका थिए ।

‘ड्रग्स फ्री बडीबिल्डीङ’ का लागि कुनै पनि सप्लिमेन्ट ड्रगबिना प्राकृतिक रुपमै व्यायाम गरी शारीरिक सुगठन गर्ने गरिन्छ । यस प्रकारको प्रतिस्पर्धा बेलायत तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि निकै लोकप्रिय मानिन्छ। युवाहरुलाई ‘सप्लिमेन्ट ड्रग’ बिना प्राकृतिक रुपमै शारिरीक सुगठन गर्न प्रेरणा तथा सन्देश दिने लक्ष्यसहित यो प्रतिस्पर्धामा भाग लिएको विक्रम बताउंछन् ।

आगामी दिनमा बेलायतस्थित अन्य धेरै नेपाली युवाले पनि यस्ता प्रतियोगितामा भाग लिने आशा पलाएको उनले बताएका छन् । विक्रम विगत १६ वर्षदेखि आफ्नो परिवारसहित बेलायतको अल्डरसटमा बसोबास गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!