सहारा हङकङको अध्यक्षमा दिपक गुरुङ

SHARE:

हङकङ नोभेम्बर २९ । सहारा क्लब हङकङको अध्यक्षमा दिपक गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न तेस्रो अधिवेशनले दिपकको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा सरोज गुरुङ, द्वितीय उपाध्यक्षमा सुमित्रा गुरुङ, महासचिवमा कुमार गुरुङ, सचिवमा ज्योति गुरुङ, कोषाध्यक्षमा प्रविन गुरुङ सहकोषाध्यक्षमा कमला थापा तथा सदस्यहरुमा कुमारी गुरुङ (माया), विकासकुमार गुरुङ, राजु गुरुङ, जगत गुरुङ, ओम गुरुङ, अप्पु गुरुङ, (बाबु), तिलक गुरुङ, कपिल गुरुङ, राजु गुरुङ, देवकाजी गुरुङ, प्रदिप गुरुङ, उर्मिला घले र गमन घले सर्वसम्मत चयन भएका हुन् ।

जोर्डन हङकङको चुम्लुङ हिममा भएको अधिवेशनमा तुलसी कुमार गुरुङ, सरोज गुरुङ, सल्लाहकार मिन गुरुङ,कमल पौडेल, देव गुरुङ लगायतले आफ्नो धारणा राख्दै निर्वाचित कार्यसमितिलाई बधाई समेत दिएका थिए ।

कोभिड महामारीका कारण अधिवेशन भव्य गर्न नसकेको सचिवकुमार गुरुङले जानकारी दिए । यस्तै कोषाध्यक्ष सावित्रा गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!