काजकिस्तानमा सर्वसाधारण र प्रहरीबीच भएको दंगामा आठ जनाको मृत्यु

SHARE:

एजेन्सी पुष २२ ।

काजकिस्तानमा सर्वसाधारण र प्रहरीबीच भएको दंगामा आठ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तिमा आठ जना प्रहरी र राष्ट्रिय गार्ड सेनाको मृत्यु भएको र तीन सय भन्दा बढी घाइते भएको सरकारी दावी छ । रुसको नेतृत्वमा रहेको सैन्य गठबन्धनले मध्य एशियाली मुलुकमा शान्ति सेना पठाउने निर्णयको विरोधमा प्रर्दशन भएको हो । सो प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्दा दर्जनौ सर्वसाधारण मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रदर्शनकारीले सरकारी भवन र सार्वजनिक सम्पति तोडफोड गर्न थालेसँगै बल प्रयोग गरेर भीड नियन्त्रण गर्नुपरेको सुरक्षाकर्मीको दावी छ । प्रदर्शनकारीले देशको सबैभन्दा ठूलो सहर अल्माटीको प्रशासनिक भवनमा आक्रमण गरेको प्रहरीको दावी छ ।

तनाव बढ्दै गएपछि राष्ट्रपति कासिम जोमार्ट तोकायेभले रुस, आर्मेनिया, बेलारुसलगायतयका मुलक सदस्य रहेको गठबन्धनसँग सहयोगको अपील गरेको समाचारमा जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!