लन्डन २७ जनवरी । झन्डै साढे २ वर्षदेखि विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सबभन्दा बढी अमेरिकाका नागरिक प्रभावित बनेका छन् । अमेरिकामा २७ जनवरी २०२२ को तथ्यांकअनुसार ७ करोड ९ लाख ९ हजार ५२७ नागरिक संक्रमित बनेका छन् भने सूचीको दोस्रो स्थानमा रहेको भारतमा ४ करोड ८५ हजार ११६, ब्राजिल २ करोड ४५ लाख ६० हजार ९३, फ्रान्स १ करोड ७८ लाख ४८ हजार २९१ जना संक्रमित हुँदा पाँचौं स्थानमा देखिएको बेलायतमा १ करोड ६२ लाख ६० हजार ८८२ जनमा संक्रमण पुष्टि भएको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छन् ।
- विश्व-३६ करोड २१ लाख ३० हजार ४२३
- अमेरिका- ७ करोड ९ लाख ९ हजार ५२७
- भारत-४ करोड ८५ हजार ११६
- ब्राजिल-२ करोड ४५ लाख ६० हजार ९३
- फ्रान्स-१ करोड ७८ लाख ४८ हजार २९१
- बेलायत-१ करोड ६२ लाख ६० हजार ८८२
- टर्की-१ करोड ११ लाख ६७ हजार ९२७
- रुस-१ करोड ११ लाख २९ हजार ३१८
- इटाली-१ करोड ३ लाख ८३ हजार ५६१
- स्पेन-९५ लाख २९ हजार ३२०






