युएईका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरुको माग

SHARE:

लन्डन ४ मार्च । युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन् ।

महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएकोमा कडा भर्त्सना गरेका छन् । बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरुका तर्फबाट संयुक्त वक्तव्य जारी गरिएको हो।

‘नेपालीहरुको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ’ वक्तव्यमा भनिएको छ,’जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सिधा प्रहार भएकोमा हामी कडा भर्त्सना गर्दछौं।’

नेपालमा रहंदा सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर नेपाली दूतावासले गरेको उजुरीमा युएई प्रहरीबाट पक्राउ गरी साइबर अपराधको मुद्धा लगाएर जेल सजाय गराउनुबाट अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लंघन भएको उनीहरुको ठहर छ ।

वक्तव्यमा हाल युएईको जेलमा राखिएका पत्रकार पाण्डेलाई तत्काल रिहा गराउन तथा उनीमाथि अन्यायोचित ढंगले लगाइएको साइबर अपराधको मुद्धा फिर्ता गराइ सजायमुक्त गराउनतर्फ आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित नेपाली दूतावाससमक्ष माग गरिएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्र र श्रमजिवी पत्रकारहरुका पक्षधर विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ-संगठनहरुलाई पनि पत्रकार पाण्डेको रिहाइ तथा मुद्धा फिर्ताको लागि सम्बन्धित निकायहरुसम्म आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सहयोग पुर्‍याउन अपिल गरिएको छ।

वक्तव्यमा महासंघका बेलायत शाखा अध्यक्ष ध्रुवराज अर्याल, युरोप शाखा कावा अध्यक्ष केजिन राई, जापान शाखा अध्यक्ष मोहन घले, दक्षिण कोरिया शाखा अध्यक्ष रञ्जनराज कुँवर, कुवेत शाखा अध्यक्ष नवराज पन्थी, कतार शाखा अध्यक्ष करीम बक्स मियाँ, बेल्जियम शाखा अध्यक्ष ओम शर्मा र भारत शाखाका महासचिव अर्जुन खनालले हस्ताक्षर गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!