आमाको उपचारमा सहयोग गरिदिन लोकदोहोरी गायक गुरुङको अपिल 

SHARE:

काठमाडौं ९ मार्च । चितवनका लोक तथा दोहोरी गायक शितल गुरुङले आमाको उपचारमा सहयोग गरिदिन अपिल गर्नुभएको छ ।

घरजग्गा बन्धकी राखेर उपचार गर्दा अझै खर्च अपुग भएको भन्दै उहाँले सहयोग गरिदिन सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको हो । उहाँका अनुसार आमा ५४ वर्षीया लिलामाया गुरुङको टाउकोमा नसाको समस्या अनि पानी जमेकोले  काठमाडौंको बॉंसबारीस्थित न्यूरो अस्पतालमा आईसीयूमा उपचाररत छिन् ।

‘मलाई जन्मदिने मेरी ममतामयी आमा आज जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ ! टाउकोको नशाको समस्या अनि टाउकोमा पानी जमेको कारणले गर्दा यतिबेला आमा काठमाडौंको बॉंसबारीस्थित न्यूरो अस्पतालको ICU को बेडमा छट्पट्टाउँदै हुनुहुन्छ ! र, आजको दिनसम्म आमाको उपचारको लागि मैले आफ्नो घर जग्गा बन्धकी राखेर भए पनि करिब १५-१७ लाख खर्च गरिसकेको छु,’ उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘अझै उपचारमा धेरै खर्च लाग्ने भएकाले सम्पूर्ण मेरो गीत, संगीतलाई माया गर्नुहुने दर्शक श्रोताहरुमाझ मेरो आमालाई बचाइदिनुहुन हार्दिक अपिल गर्दछु ।’

उहाँले अग्रज, समकालीन साथीहरुले पनि विभिन्न माध्यमबाट सहयोगको अपिल गरिएको भन्दै सहयोग गर्न चाहनेहरुका लागि सम्पर्क नम्बर र बैंक खाता उपलब्ध गराउनुभएको छ ।

Shital Gurung
Global IME Bank Ltd.
A/C No.  C407010000505
Contact No. 9866361504

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!