डा. केसीको माग हुबहु सम्बोधन हुँदैन:  गुरुङ

SHARE:

भक्तपुर । नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भए तापनि मागका बारे केसीले भने जस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनाताको सर्बोच्चो निकाय संसदले सम्बोधन गर्ने बताए । चिकित्सा बिधेकका बारे जुम्लामा अनसनरत गोबिन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका बिषयमा सरकार पनि गम्भीर रहेको बताए ।

जनताले बिरोध गर्ने अधिकार मौलिक हकम रहेता पनि बिरोध गर्ने निश्चि स्थान तोक्नु सरकारको अधिकारको बिषय भएको उनले बताए । निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले नियर्ण गरेको बताए ।

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्विकृतिबिना नै भएको देखिएको र बिधिअनुरुप नभएकाले यस्तो अवस्था श्रृजना भएको उनले बताए । कोइरालाले पनि देशको कानुन भन्दा बाहिर गएर काम गर्न नमिल्ने भन्दै बिना स्विकृति बिना बिदेश भ्रमणमा जान लागेकाले रोक लगाएको उनले बताए ।

पेट्रोलिय पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनु पर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्इ वृद्धि नियन्त्रण गर्न कठिनाई हुने उनले बताए । उनले सकराले दक्षिणतर्फ मात्र नभएर उत्तरतर्फ बाट समेत इन्धन खरिदको प्रक्रिया अघि बढाउन पर्नेमा जोड दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!