काठमाडौं वैशाख १९ ।

नेपाल क्रिकेट संघ क्यानले अण्डर–१९ महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले सोमबार १८ सदस्यीय यु–१९ महिला विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा किरण कुँवर, सोनु राजवंशी, टिका शाह, श्रृष्टि धामी, सावित्री धामी, एलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विके, हिरणमाई राय, एलिशा खडिया, कृतिका मरासनी, मिनिशा उपाध्याय, स्नेहा महरा, निसा शाह, मिनिशा राना मगर, प्रतिमा शाह, ज्योतनिस्का मरासनी र मनिशा चौधरी रहेका छन् ।






