टी–ट्वान्टी सिरिजमा जिम्बावे ए माथि नेपालको सहज जित

SHARE:

काठमाडौं वेशाख २१ ।

नेपाली क्रिकेट टिममले जिम्बावे ‘ए’ माथि आठ विकेटको जित निकालेको छ।

टी–ट्वान्टी सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जित निकालेको हो । १३७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले १५ ओभर पाँच बलमा लक्ष्य भेट्टायो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो प्रदर्शन गरेपछि नेपालले २५ बल बाँकी छँदै जित निकाल्यो ।

नेपालका लागि ओपनर शेखले १३ चौका र एक छक्काको मद्दतमा ५४ बलमा ८७ रन बनाए । भुर्तेलले २६ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३४ रन बनाए । बसिर अहमदले १० रन जोडे । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायो । उसका लागि रोय कैयाले ४१ बलमा सर्वाधिक ४९ रन बनाए । मरुमानीले २७ र लुकले २३ तथा इनोसेन्ट कैयाले १४ रन बनाए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा बसिर अहमद र सोमपाल कामीले एक एक विकेट लिए । पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो भने सिरिजको दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय सिरिजको तयारीस्वरुप नेपाले अहिले घरेलु मैदानमा जिम्बावे ‘ए’सँग अभ्यास गरिरहेको हो ।

आउँदो २३ जेठदेखि २ असारसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिजमा नेपाल, अमेरिका र ओमान रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!