दोस्रो एकदिवसीय क्रिकेटमा जिम्बावे ‘ए’ विरुद्ध नेपालको शानदार जित

SHARE:

काठमाडौं मे ७ ।

जिम्बावे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शनिबार ९ विकेटको शानदार जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सम्पन्न दोस्रो एक दिवसीय खेलमा नेपालले जिम्बाब्वे ‘ए’ लाई ९ विकेटले हराउँदै शृंखला बराबरी गरेको छ। जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गरेको हो। नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाउँदा आसिफ शेखले अविजित ३४ रन जोडे। विनोद भण्डारी ४ रनमा अविजित रहे। बलिङ तर्फ जिम्बावे ‘ए’ का ब्राण्डन माभुताले १ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ३१.१ ओभरमा अलआउट भएको थियो। खराब ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले सबै विकेट गुमाएर मात्र ८७ रन जोड्न सफल भएको थियो। नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावे ‘ए’ का लागि जोनाथन क्याम्पबेलले २७ रन बनाउँदा ब्राड इभान्स २० रन अविजित रहे। सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाएका थिए। कसिलो बलिङ गरेको नेपालका सोमपाल कामी र करण केसीले ३र३ विकेट लिए। सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।

यस जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ। यस अघि शुक्रबार भएको पहिलो खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई ३ विकेटले हराएको थियो। यससँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी समेत गरेको छ। अन्तिम तथा निर्णायक एकदिवसीय खेल सोमबार हुनेछ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ए सँग शृंखला खेलिरहेको हो।

यस अघि भएको तीन खेलको ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा सकिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!