काठमाडौँ १९ मे २०२२ । वैशाख ३० गते भएको स्थानीय तह चुनावको बिहीबार बिहान ९ बजेसम्म ५५० पालिकाहरुको चुनावी परिणाम घोषणा भएको छ । जसमा नेपाली कांग्रेसले २४६ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । त्यसैगरी १५५ पालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
पाँच वर्षअघि भएको स्थानीय चुनावमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको छ । ७ सय ५३ मध्ये नेकपा माओवादी केन्द्रले १०५ स्थानमा जित हासिल गरेको छ । यसअघि भएको स्थानीय तह चुनाव माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । जनता समाजवादी पार्टीले १४, नेकपा एकीकृत समाजवादीले १० र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १९ स्थानीय तहको प्रमुख जितेका छन् ।
त्यसैगरी उपप्रमुखतर्फमा कांग्रेसले २२७ को स्थानीय तहको उपप्रमुख जितेको छ । त्यसैगरी एमालेले १६६, माओवादी केन्द्रले ११०, एकीकृत समाजवादीले १७ स्थानीय तहको उपप्रमुखमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टीले १३, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उपप्रमुखमा जित हासिल गरेको छ ।
सार्वजनिक नतिजामा जितपुर-सिमरा, घोराही उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिका रहेका छन् । अझै ६ महानगरपालिकासहित २०३ स्थानीय तहको परिणाम बाँकी छ ।