डब्लुएचओ प्रमुखमा टेड्रोस पुनः निर्वाचित

SHARE:

एजेन्सी मे २५ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओ प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि पुनः निर्वाचित एका छन् ।

निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आखाभरी आँसुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो । विश्व स्वास्थ्य संगठनको मुख्य वार्षिक सभामा उहाँको पुनः निर्वाचनबारे घोषणा गरिएको हो । उनलाई निर्वाचन हुनका लागि आवश्यकता भन्दा अत्यधिक धेरै अर्थात् करिब ९७ प्रतिशत मत प्राप्त भएको वार्षिक सभामा जानकारी गराइएको छ । उनलाई मतदानमा सहभागी १६० मध्ये १५५ मत प्राप्त भएको जनाइएको छ ।

निर्वाचनपछि सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो सहयोग देखेर म साह्रै विचलित छु । म डब्लुएचओको नेतृत्वमा पुनः निर्वाचत हुँदा मलाई साँच्चै गर्वको महशुस भएको छ ।”इथियोपियाली भूतपूर्व स्वास्थ्य तथा विदेशमन्त्री कोभिड–१९ महामारीप्रति विश्वव्यापी प्रतिक्रियाको प्रमुख कारण विश्वभरि चिरपरिचित अनुहार बनेका छन् । ५७ वर्षीय औलो विशेषज्ञले युक्रेनमा भएको युद्धले विश्वको परिवेशलाई असर गरिरहेको भन्दै यसबारे सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक प्रस्तुत हुनेमा उनले विश्वास व्यक्त गरे । निर्वाचनपछि उनले आफू विश्वमा न्याय स्थापनाका लागि प्रतिवद्ध रहने बताएका थिए ।

उनले यसै सन्दर्भमा ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर भएको’ उद्गारलाई उद्धृत गर्दै आफूले बाँकी जीवनलाई पनि यसै भनाइबाट निर्देशित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!