लन्डन ३ जुन २०२२ ।

तमु धिं यूकेको आयोजनामा शनिबार जुन ४ मा हुने गोर्खा कप २०२२ को तयारी धमाधम भइरहेको छ ।
बीसौं संस्करणको गोर्खा कप आयोजना हुनुअघिल्लो दिन तमुधिं यूकेका पदाधिकारी, सदस्य र खेलप्रेमीहरु अल्डरसटस्थित क्वीन्स एभिन्यू खेलकुद मैदानमा दिनभर जसो व्यस्त देखिन्छन् । गोर्खा कपमा मुख्य टिम ३२, र भेट्रान टिम ८ र २ महिला टिम गरेर जम्मा ४२ टिमले भाग लिनेछन् । गोर्खा कपको इतिहासमै पहिलो पटक महिला टिमले भाग लिने आयोजकले जनाएको छ ।

गोर्खा कपको मुख्य आकर्षणहरुमध्ये प्यारासुट जम, सांकृतिक कार्यक्रम, खानपिन, च्यारिटी, जनचेतनालगायत विभिन्न स्टल रहने व्यवस्था गरिएको क्याप्टेन देव घलेले बताएका छन् । सांस्कृतिक कार्यक्रममा सयपत्री ग्रुपले प्रस्तुति दिनेछ । त्यस्तै नेपालीबाट आएकी गायिका एलिना गुरुङले पनि सांगीतिक प्रस्तुति दिनेछिन् ।

प्रमुख अतिथि, रसमुरबोरो काउन्सिलका मेयर जोन मार्श, विशेष अतिथिहरुमा नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल र अन्य अतिथिहरुमा मिलिटरी अत्याची ले कर्नेल रत्नबहादुर गोदार, ले। कर्नेल टोल खाम्चा, ले। कर्नेल देबिंद्र आले, अस्तन भिल्लाका महिला फुटबल खेलाडी अस्मिता आलेलगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायत रहने आयोजकले जनाएको छ ।









