शरिफ स्वदेश प्रस्थान, केही घण्टामै पाकिस्तान आइपुग्ने

SHARE:

लाहोर, पाकिस्तान, जेल सजायँको फैसला सुनाइएका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफ शुक्रबार स्वदेशका लागि प्रस्थान गरेका छन् ।

अत्यधिक कडा सुरक्षा व्यवस्थाकाबीच उनी बेलायतको लण्डनदेखि आफ्नो गृहनगर लाहोरका लागि छुटेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

एक हप्ता पहिले पाकिस्तानी अदालतबाट दश बर्षको जेल सजायँको फैसला भएकाले पक्राउ पर्ने खतरा हुँदाहँुदै पनि शरीफ जेल जान तयार भएर स्वदेश फर्केका हुन् ।

आसन्न निर्वाचनको पुर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा एकैदिन भएका छुट्टा छुट्टै घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको दिन शरीफ स्वदेश फर्केका हुन् ।

पाकिस्तानमा यही जुलाई २५ तारिखका दिन निर्वाचन हुन लागेको छ । निर्वाचन नजिकिदै जाँदा र शरीफ स्वदेश फर्किएपछि सुरक्षा खतरा थप बढेको अधिकारीहरूले बताएका छन् ।

भ्रष्टाचार गरेको अभियोगमा उनलाई गत हप्ता दश बर्षे जेल सजायँको फैसला भएको थियो । निर्वाचनको पुर्वसन्ध्यामा गरिएको यो फैसलालाई अर्थपूर्ण र रणनीतिक रुपमा लिइएको छ । पूर्वप्रधानमन्त्री शरीफ आफ्नी श्रीमतीको क्यान्सरको उपचारका लागि केही समयदेखि बेलायतको लण्डनमा रहेका थिए ।

स्वदेश फर्किएपछि उनले आफुलाई सेनाले लक्षित गरेको प्रतिक्रिया दिए । उनको पार्टीले शुक्रबार सार्वजनिक गरेको भिडियोमा शरीफले भनेका छन्, “मलाई थाहा छ, मलाई सिधै जेल लगिने छ ।”

“मैले मेरा पाकिस्तानीहरुलाई भन्न चहान्छु मैले जे गरिरहेको छु, त्यो सवै तपाईहरुका लागि हो । मसँगै हिड्नुस्, मसँगै हात मिलाउनुस् र मुलुकको गन्तव्य परिवर्तन गरौं,” शरीफले भिडियो सन्देशमार्फत देशवासीलाई आग्रह गरेका छन् ।

उनलाई स्वागत गर्न आयोजित ¥यालीमा झण्डै आठ हजार उनका समर्थकहरू जुटेका छन् । ¥यालीको नेतृत्व उनको भाई शहबाज शरीफले गर्ने कार्यक्रम रहेको छ ।

नेता सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो ।

उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ भने एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको छ । उनीमाथि लागेको आरोप सरिफ र उनका समर्थकहरूले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!