नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रमको निर्देशन

SHARE:

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने उद्देश्यका साथ प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले त्यसमा कुनै पनि सम्झौता हुन नसक्ने र जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास हुनुपर्ने प्रधानमन्त्रीको जोड थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार भएको छलफलमा मन्त्री तथा सचिवहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै सरकारको नीति र कार्यक्रम तथा आगामी आवको बजेट कार्यान्वयनमा ल्याउने गरी कार्ययोजना ल्याउन सचिव र मन्त्रीहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्रीले भने, “सरकारको मूल लक्ष्यलाई कार्यान्वयन गर्न सबै निकायले उत्तिकै प्रभावकारी र योजनाबद्ध प्रयास गर्नुपर्छ । नेपाली जनताले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेका छन् । त्यो अपेक्षालाई पूरा गरिनुपर्छ ।”

सरकारको नीति तथा कार्यक्रम र बजेटलाई व्यवस्थित तथा योजनाबद्धरुपमा समयमा नै परिणाम निकाल्ने गरी कसरी काम गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीले छलफल गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रम र बजेटलाई कसरी प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले नियमित छलफल गरिरहेका छन् ।

गत बिहीबार पनि प्रधानमन्त्रीले यस्तै छलफल गरेको थियो । सोही छलफलको निरन्तरताका रुपमा आज पुनः छलफल गरेको हो ।

सरकारले व्यवहारमै भ्रष्टाचारलाई शुन्य सहनशीलताको नीति अपनाएको भन्दै प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमिततामा छुट दिन नसकिने स्पष्ट पारे ।

आर्थिक वर्ष २०७५÷७६ को बजेट कार्यान्वयनका लागि योजनाबद्ध, गतिशील र प्रभावकारी कार्ययोजना जरुरी रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्णरुपले कार्यान्वयनमा जाने गरी लिखित कार्ययोजना प्रस्तुत गर्न सम्बद्ध मन्त्री र सचिवलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनअनुसार मन्त्री र सचिवहरुले एकवर्षे तथा पञ्चवर्षीय मन्त्रालयगत कार्ययोजना र विकास निर्माणसम्बन्धी कार्यक्रम पेश गरेका छन् ।

प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि अत्यावश्यक योजना र रणनीति, समस्या रहेका स्थानमा समाधानको उपायका बारेमा समेत सम्बद्घ अधिकारीसँग चासोपूर्वक महत्वपूर्ण छलफल गरेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

साउत १ गतेदेखि लागू गरिने सरकारका सबै योजनाको व्यवस्थित र तोकिएको समयमा नै नतिजा आउने गरी कार्यान्वयन गर्ने विषयमा छलफल भएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

यसअघि बिहीबार पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले आज १३ वटा मन्त्रालयका मन्त्री र सचिवहरुसँग छलफल गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!