साफ महिला च्याम्पियनशिपमा नेपालको विजयी सुरुवात, भुटान ४–० ले पराजित

SHARE:

काठमाडौं सेप्टेम्बर ६ ।

साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।

आज मङ्गलवार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे । सावित्राले खेलको १२ औँ र ६८ औँ मिनेटमा गोल गरिन् भने अनिताले खेलको ५३ औँ र ८५ औँ मिनेटमा गोल गरिन् ।

यो जितसँगै समूह एु रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमवार श्रीलङ्कासँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह बी को दुई वटा खेल हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे भारत र पाकिस्तान खेल्दा दोस्रो खेलमा बेलुकी साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सले खेल्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!