लण्डन सेप्टेम्बर ९ ।

बेलायती महारानीको निधनका कारण आज शुक्रबार हुने भनिएको गुरुङ भाषाको चलचित्र “स्युरुु” (भावनाको गाँठो) को प्रदर्शन रोकिएको छ ।
सेप्टेम्बर ९ तारिख २०२२ मा एम्पायर हल अल्डरसटमा साँझ ६ बजे हुने तय भएको चलचित्र स्युरु प्रदर्शन रोकिएको मेजर डमर घलेले जानकारी दिए । ९६ वर्षकी महारानी बिहीबार निधन भएको थियोे ।
`बेलायतको बडामहारानी एलिजेबेथ द्वितियाको निधनले हामी सबैलाई दुखी बनाएको छ । बडामहारानीको दिवंगत आत्माको चीर शान्ति, सम्मान र प्रार्थना गर्दै आज हुन लागेको स्युरु चलचित्र प्रदर्शन रोकिएको सम्पूर्ण स्युरु शुभचिन्तक दर्सक महानुभनवहरुलाई जानकारी दिन चाहन्छौंझ मेजर घलेले फेसबुकमा लेखेका छन्, `तपाईहरुमा पर्न गएको चोट र असुबिधाप्रति हामी सम्पूर्ण स्युरु टिम क्षमा चाहन्छौं। हामी फेरी छिट्टै स्युरु प्रदर्शनको नयाँ मितिको जानकारी दिनेछौं ।






