साफ यु–१७ मा भारतलाई हराउँदै नेपाल समूह विजेता

SHARE:

काठमाडौं सेप्टेम्बर ९ ।

 

भारतलाई हराउँदै नेपाल श्रीलंकामा जारी १७ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स स्टेडियममा आज भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेताको रुपमा साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो । २५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीले गोल गर्दै अग्रता दिलाए पनि ४५ औं मिनेटमा सरोज दर्लामीले नेपालका लागि बराबरी गोल फर्काए ।

लगत्तै खेलको ४९ औँ मिनेटमा नेपालका युनिस बुढाथोकीले दोस्रो गोल गरेपछि खेलमा नेपालले २–१ को अग्रता लियो। त्यसपछि खेलको ६८ औँ मिनेटमा सुभाष बमले अर्को गोल थपेसँगै नेपालले भारतमाथि ३–१ को जित निकालेको हो । समूह ’बी’ मा रहेका नेपाल र भारत दुवै टोली आजको खेलअघि नै सेमिफाइनलमा पुगिसकेका थिए। जितसँगै ६ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो भने भारतले पनि भुटानलाई ३–० ले हराएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!