तीन व्यवसायीले पोखरामा सुरु गरे ‘सिधा फोन’ एप्स, यस्ता छन् सुविधा

SHARE:

लन्डन २८ अक्टोबर २०२२ । बेलायतवासी एसके गुरुङले घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन भन्दै पोखरामा सिधाफोन एप्स सुरु गरेको छ ।

प्लम्बिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा लिनका लागि एप्स ल्याइएको सिधाफोनका सञ्चालक एस के गुरुङले बताए । उनका अनुसार घर, व्यवसाय, होटल रेस्टुरेन्ट, सरकारी कार्यालयमा आवश्यक सेवा सुविधा दिने उद्देश्यले एप्स ल्याइएको हो ।

सिधा फोनको एप्सबाट नै मासिक, अर्धवार्षिक र वाषिर्क प्याकेजहरु लिन सकिने सुविधा रहेको जनाउँदै उनले सबै सेवा सजिलोसँग एकै ठाउँमा पाइने बताए । विदेशमा बस्ने नेपालीहरुले बिना झन्झट विदेशबाट नै आफ्नो घरलाई चाहिने आवश्यक सेवाहरु लिन सक्नेछन् । एप्सको वेबसाइट www.sidhafone.com मार्फत पनि आवश्यक कामको बुकिङ गर्न सकिने उनले बताए ।

उक्त व्यवसायमा प्रमिला थापा, मनोज गुरुङको पनि लगानी रहेको छ । हालसम्म कम्पनीसँग ६५ जना कर्मचारी आबद्ध छन् । कम्पनीले छिट्टै नै कर्मचारी थप गरी टोलटोलमा सेवा थप्दै देशका अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने योजना लिएको सञ्चालक गुरुङले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!