रुकुमको सिस्ने गापामा जिप दुर्घटना, ७ जनाको मृत्यु

SHARE:

रुकुमपूर्व । सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो। अन्य ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ४ जना घाइते छन् ।

मृत्यु हुनेमा सबै पुथाउत्तरगंगा गाउँपालिकाका सर्वसाधारण रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–२, का अन्दाजी २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, अन्दाजी ३५ वर्षीय कुमार पुन, अन्दाजी ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो।

उपचारको क्रममा पुथाउत्तरगंगा गाउँपालिका–१४, रुकुम पूर्वकी ३१ वर्षीया शालिनी बर्मा, बाँके कोहलपुरकी २२ वर्षीया ललिता परियार र भूमे गाउँपालिका–४, रुकुम पूर्वका जिल्ला २८ वर्षीय अर्जुन विकको मृत्यु भएको हो ।

गाडी सडकभन्दा झण्डै ५ सय मिटर तल खसेको छ। दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन्। उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ।

टायरमा पसेको ढुङ्गाको कारण उफ्रिएको जिप कन्ट्रोल हुन नसकेपछि दुर्घटना भएको प्रहरी अनुमान छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!