प्रहरी र गाँजा तस्करबीच भिडन्त

SHARE:

गौशाला, महोत्तरीको एकडारा गाउँपालिका–३ अजमरपट्टिमा गएराति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ ।

भिडन्तमा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

गएराति मध्यरातमा एकडारा–३ का २० जना तस्करले पोका बनाएर लागु औषध गाँजा नेपालबाट भारत तस्करी गर्न लागेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीसंग तस्करको भिडन्त भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

भिडन्तपछि तस्करहरूले केही गाँजाको पोका छोडेर भागेको थियो । तस्करहरू भागेपछि प्रहरीले उक्त स्थानबाट पाँचवटा पोकामा राखिएको ३३ किलो लागु औषध गाँजा नियन्त्रणमा लिएको जनाइएको छ ।

भिडन्तमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!