तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ बेलायतको उपाधि सन्नी शाहीलाई

SHARE:

लण्डन डिसेम्बर ५ ।

बेलायतमा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् ।

लन्डन फेसन हाउसले आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको उक्त प्रतियोगितामा शाहीले टाइटिल जितेकी हुन् । मिसेस् नेपाल युनिभर्स वीनर भएपछि शाहीले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन पाउनेछिन् । उनले पब्लिक च्वाइस उपाधि पनि जितिन् । कार्यक्रमकी प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठ र सन् २०१८ की विजेता बिनु लामिछानेले ताज पहिराइदिएका थिए ।

उक्त सौन्दर्य प्रतियोगितामा विमला बुढाथोकीले फष्ट रनर अप बनेर मिसेस नेपाल वर्ल्ड वाइड उपाधि पाएकी छन् । निर्णायकहरु कविता घर्तीमगर र कन्चन डंगोलले उक्त उपाधि दिए । रिना अधिकारी सेकेन्ड रनरअप भएर मिसेस नेपाल युरोप ०२२ उपाधि पाएकी छन् । सन् २०१८ की सेकेन्ड रनर अप विजेता सबु सेन्चुरी र जज स्वेता हुसेनले सो उपाधि दिएका थिए । त्यसैगरि, थर्ड रनर अप उपाधि दुई प्रतियोगी अन्जु बस्नेत र कविता खनालले पाएका छन् । व्यवसायी लक्ष्मी राईले उक्त उपाधि दिएकी थिइन् ।

फोर्थ रनर अप उपाधि निष्मा बनले पाइन् । मिसेस यूके नेपाल २०१७ वीनर आस्था जोशी बटाजुले उक्त उपाधि दिइन् । सब टाइटिलमा वेष्ट स्माइल बिनिता बस्नेत, वेष्ट कल्चरल ड्रेस हिना थापा, वेष्ट लर्नर प्रमिला केसी, वेष्ट पर्सनालिटी रिना अधिकारी, वेष्ट क्याटवाक श्रीजा डंगोल, मिसेस मोटिभेटर मिनु शाह, वेष्ट फिगर बिनिता अधिकारी खनाल, वेष्ट ब्युटीफुल फेस निष्मा बन, वेष्ट एक्टिङ सविता श्रेष्ठ, वेष्ट कन्फिडेन्स शोभा क्षेत्री, पब्लिक च्वाइस सन्नी शाही, मिसेस टयालेन्ट उपाधि विमला बुढाथोकी, ब्युटी फर चेन्ज उपाधि दुई प्रतियोगी अन्जु बस्नेत र कविता खनालले पाए ।

गायिका शर्मिला बर्देवा, नेपलिज नर्सेस एसोसिएसन यूके अध्यक्ष सुनिता गौतम र मिसेस नेपाल यूके २०१८ वीनर बिनु लामिछानेले सब टाइटिल प्रदान गरेका थिए । मिसेस एन्जल हार्ट उपाधि बिनिता बस्नेतले पाइन् । बिनु गोदार थापाले उनलाई उक्त टाइटिल प्रदान गरिन् । प्रतियोगितामा १४ विवाहित महिला सहभागी थिए । उक्त प्रतियोगिताको निर्णायकमा विभिन्न क्षेत्रका व्यक्तिहरु स्वेता हुसेन, कन्चन डंगोल, दीपक थापा र कविता घर्तीमगर गुरुङ थिए ।

सो अवसरमा ब्युटी फर चेन्जको गुडवील एम्बासडर सुनिता श्रेष्ठलाई घोषित गरिएको छ । लन्डन फेसन हाउसकी निर्देशक डंगोलले उनलाई ताज पहिराइदिएकी थिइन् । लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।
विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धि एवं महिला सशक्तिकरण गर्ने उद्देश्यले प्रतियोगिता गरिएको लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले बताइन् ।

महिला सशक्तिकरण अधिकारका लागि लडाईंमात्र होइन्, उनीहरुलाई स्वतन्त्र, उद्यमी र आत्मविश्वासी बनाउनु पनि भएको उनले बताइन् । सुस्मिता थापाले सन्चालन गरेको उक्त कार्यक्रममा गायिका शर्मिला बर्देवाले आफ्नो प्रस्तुति दिएकी थिइन् । प्रतियोगिताको कोरियोग्राफी सन्तोषीले गरेकी हुन् ।

कार्यक्रमका अवसरमा अन्तरराष्ट्रिय नेपाली युवा उधमी महासंघ बेलायत ९फिने यूके० कार्यसमिति समेत घोषणा गरियो जसमा अध्यक्ष मनिषा डंगोल श्रेष्ठ, उपाध्यक्षहरु विनोद बराल, विनोद श्रेष्ठ, महासचिव सजनी लामा, सहसचिव सन्तोषी कार्की र बन्दना केसी छन् । टिम पछि विस्तार गरिने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!