निर्माता सङ्घको कार्यसमितिमा दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत

SHARE:

काठमाडौं डिसेम्बर ७ ।

नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन् ।

सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको हो । गिरी छक्का पञ्जा सिरिज, छ माया छपक्कै जस्ता सफल फिल्मका निर्माता हुन् भने बानियाँले जात्रा, जात्रै जात्रा लगायतका व्यावसायिक रुपमा सफल फिल्ममा कार्यकारी निर्माताको भूमिका निभाइसकेका छन् ।

गिरीको छक्का पञ्जा ४ प्रदर्शनको तयारीमा छ भने बानियाँ कार्यकारी निर्माता रहेको ‘महापुरुष’ प्रदर्शनरत छ । फिल्मले घरेलु बक्स अफिसमै १० करोडभन्दा बढीको कलेक्सन गरिसकेको छ । ‘नेपाली फिल्ममा सफलता प्राप्त गरिरहनुभएका दुई निर्मातालाई जोड्न पाउँदा खुशी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको सङ्गठन बनाउनु हो,’ निर्माता संघका अध्यक्ष नवल खड्काले भने, ‘हामी नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ।’

अध्यक्ष खड्काका अनुसार सोही बैठकले सङ्घका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ । योजनासहित सङ्घमा जोडिएको बताउँदै निर्माता बानियाँले भने‚ ‘हाम्रो पेशागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ। हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ।’

सङ्घले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!