प्रदेशको नामाङकनमा फोनिजको चासो

SHARE:

काठमाडौं । १० वुँदे घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं संघीय महाधिवेशन सम्पन्न भएको छ ।
नयाँ संविधान पूर्ण कार्यान्वयनसँगै भाषा/भाषी, सांस्कृतिक र क्षेत्रका आधारमा पहिचानसहित प्रदेशको नामाकरण गर्न घोषणापत्रमा माग गरिएको छ । चैत २३ र २४ गते काठमाडौमा सम्पन्न महाधिवेशनले जारी गरेको घोषणापत्रमा संघीयता, समावेशीताको सिद्धान्तलाई पूर्ण रुपमा कार्यान्वयनका लागि सबै जात÷जाति, भाषाभाषी, लिङ्ग र क्षेत्रलाई उचित स्थान दिई सही व्याख्या गर्न गर्नुपर्ने उल्लेख छ । त्यस्तै, आदिवासी जनजातिका प्रथाजन्य संस्कृति विरुद्धका ऐन कानूनहरु तत्काल खारेज महाधिवेशन तीनै तहका सरकारसँग माग गरेको छ ।
महाधिवेशनले अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेका छ । नव निर्वाचित कार्यसमितिको वरिस्ठ उपाध्यक्ष गजुरधन राई, खुला उपाध्यक्ष लक्की चौधरी, महिला उपाध्यक्ष देविका घर्तीमगर, महासचिव मनोज घर्तीमगर, संगठन सचिव मिलन लिम्बू, संस्थागत सचिव जगत दोङ, अल्पसंख्यक सचिव कमन देवान रहेका छन् । त्यस्तै, कोषाध्यक्ष अमरध्वज लामा, सह–कोषाध्यक्ष अञ्जना शिल्पाकार रहेका छन् । महाधिवेशन मार्फत ११ सदस्यीय पदाधिकारी, प्रदेश इञ्चार्ज, लेखा समितिको संयोजक र सदस्य निर्विरोध निर्वाचित भएका हुन । महाधिवेशनले सातै प्रदेशको इञ्चार्ज समेत चयन गरेको छ । दिपीन राई प्रदेश–१, नीरज पिठाकोठी प्रदेश–२, समीर बलामी प्रदेश–३, हुमबहादुर गुरुङ प्रदेश–४, देवबहादुर पचभैया प्रदेश–५, अशोक राजी, कर्णाली र रामचन्द्र कुश्मी प्रदेश–७ को इञ्चार्ज निर्वाचित भएका छन् ।
फोनिजमा आठ जातिय पत्रकार संस्था समेत आवद्ध छन् । प्रत्येक संस्थामार्फत एक–एक जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । संस्थागत केन्द्रीय सदस्यमा दीपेन्द्र राई, विष्णु तामाङ, फुर्किमा शेर्पा, चन्द्र पन्धाक, अनिता गुरुङ, सीताराम चौधरी, मनोज घर्ती र नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वाचित भए । त्यस्तै खुला केन्द्रीय सदस्यमा बुद्धवीर बाहिङ, केदार मगर, विश्वराज तामाङ, विजयबोध लावती, राजु चौधरी र महिला सदस्यमा सञ्चु ब्लोन तामाङ, उषा तामाङ, सरिता श्रेष्ठ र लक्ष्मी चौधरी निर्वाचित भएका छन् । यसैगरी, ख्याम भुजेल र मीनाकुमारी दरै अल्पसंख्यक सदस्य निर्वाचित भएका छन् ।
लेखा समितिमा साहीमान
फोनिजलेको विधान अनुसार महाधिवेशनले लेखा समितिको संयोजक तथा समस्य पनि निर्वाचित गरेको छ । लेखा समितिको संयोजकमा साहीमान राई, सदस्यमा सुन्दर तरामू र रुवि निर्विरोध निर्वाचित भएका छन् ।

घोषणा–पत्र
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मिति २०७४ चैत २३–२४ मा सम्पन्न छैंटौ सङ्घीय महाधिवेशन काठमाडौंबाट जारी घोषणा–पत्र

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को ‘व्यावसायिक पत्रकारिताका लागि पूर्ण समावेशी सञ्चार’ भन्ने मूल नारा सहित २०७४ चैत २३–२४ मा सम्पन्न छैटौं संघीय महाधिवेशन, संघीय राजधानी काठमाडौंले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हक÷हितप्रति पूर्ण प्रतिवद्ध रहँदै १० बुँदे ‘संघीयतामा समावेशी मिडिया–२०७४’ घोषणा–पत्र जारी गर्दछ,

१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रको सुन्दर गहनाका रुपमा रहेका सम्पूर्ण आदिवासी जनजाति, भाषा÷भाषी, सांस्कृतिक र क्षेत्रका आधारमा पहिचान सहित प्रदेशको नामाकरण गर्न संघीय÷प्रदेश÷स्थानीय सरकारसँग यो महाधिवेशन जोडदार माग गर्दछ ।
२. संघीयता, समावेशीताको सिद्धान्तलाई पूर्ण रुपमा कार्यान्वयनका लागि सबै जात÷जाति, भाषाभाषी, लिङ्ग र क्षेत्रलाई उचित स्थान दिई सही व्याख्या गर्न यो महाविधेशन माग गर्दछ ।
३. आदिवासी जनजातिका प्रथाजन्य संस्कृति विरुद्धका ऐन कानूनहरु तत्काल खारेज गर्न यो महाधिवेशन तीनै तहका सरकारसँग जोड्दार माग गर्दछ ।
४. अधिकारका लागि आदिवासी जनजातिले विभिन्न आन्दोलन सञ्चालन गरेको आरोपमा पक्राउ परी थुनामा रहेकाहरु अधिकारकर्मी आदिवासी जनजाति नेताहरुको न्यायिक छानवीन गरी सामाजिक र राजनीतिक रुपमा समस्या समाधान गर्न सम्बन्धित पक्षलाई महाधिवेशन माग गर्दछ ।
५. विभिन्न भाषा भाषीमा प्रकाशित पत्रपत्रिका, प्रशारित कार्यक्रमहरुलाई प्रोत्साहन र सम्बद्र्धन गर्न सहुलियतमा सामग्री उपलब्ध गराउन अनुदान, सहुलियतमा ऋण, समानुपातिक विज्ञापन वितरण र सहज पहुँचको वातावरण बनाउन राज्यसँग यो महाधिवेशन माग गर्दछ ।
६. आदिवासी जनजातिहरुको भाषा, संस्कृति र विविधतालाई कायम राख्न मातृभाषामा प्रकाशित पत्रपत्रिकाहरुलाई प्रेस काउन्सीलमा सम्बन्धित भाषा विज्ञसमेतको छुट्टै विभागद्वारा सम्परिक्षण गरी मूलधारका पत्रपत्रिका सरह मान्यता दिई सेवा सुविधा उपलब्ध गराउन यो महाधिवेशन माग गर्दछ ।
७. सरकारी सञ्चार माध्यममा विभिन्न मातृभाषामा काम गर्ने पत्रकारहरुलाई सबै पदमा बढुवा हुन पाउने गरी नियमावली परिवर्तन गर्न माग गरिन्छ । साथै, सबै सञ्चार गृहमा समाचार कक्ष पूर्ण समावेशी, लैंगिक मैत्री बनाउन यो महाधिवेशन माग गर्दछ ।
८. आमसञ्चार सम्बन्धी उच्चस्तरीय समितिले सिफारिस गरेको आमसञ्चार नीति सम्बन्धि प्रतिवेदनको आधारमा बनेको नीति पूर्ण कार्यान्वयन गर्दै आगामी दिनमा बन्ने सञ्चारसँग सम्वन्धित ऐन कानुनहरु पूर्णत समावेसी सिद्धान्तका आधारमा निर्माण गर्न यो महाधिवेशन माग गर्दछ ।
९. समृद्ध नेपाल निर्माणका लागि प्रेस मैत्री सरकार, प्रादेशिक ढाँचामा समावेशी मिडिया, समानताका लागि सबैको सहज पहुँचको वातावरण बनाउन तीनै तहका सरकारसँग यो महाधिवेशन माग गर्दछ ।
१०. व्यस्तताका बाबजुद निमन्त्रणालाई स्वीकार गरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं महाधिवेशनको प्रमुख अतिथिका रुपमा समुद्घाटन गरिदिनु भएकोमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई महाधिवेशन विशेष कृतज्ञता अर्पण गर्दछ । साथै फोनिजको निमन्त्रणालाई स्वीकार गरी समुद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुहुने नेपाल सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री माननीय गोकुलप्रसाद बास्कोटाप्रति हार्दिक आभार व्यक्त गर्दछ । समुद्घाटनमा उपस्थित सबै संघ÷संस्थाका प्रतिनिधि, महाधिवेशन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मण्डल, निर्वाचन समितिलाई महाधिवेशन विशेष धन्यवाद ज्ञापन गर्दछ । साथै यो महाधिवेशनलाई सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग गर्नुहुने उद्योगी, व्यवसायी, शुभेच्छुक, सुरक्षा निकाय, हल उपलब्ध गराउने नेपाल पुलिस क्लब, सबै प्रदेश, जिल्लाका प्रतिनिधि पर्यवेक्षकप्रति महाधिवेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

प्रकाशित : २५ चैत २०७४

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!