एजेन्सी ४ फेब्रुअरी २०२३ ।
अत्यधिक गर्मीका कारण चिलीको जङ्गलमा डढेलो लागेको छ ।
आगलागीमा परी हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। अधिकारीहरुका अनुसार आगो १४ हजार हेक्टर क्षेत्रफलसम्म फैलिएको छ । राजधानी सान्टियागोबाट करिब पाँच सय किलोमिटर टाढा रहेको सान्ता जुआना सहरमा अग्नि नियन्त्रकसहित १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
गृहमन्त्री क्यारोलिना तोहाले देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको बताएका छन्। आपतकालीन सहयोगका लागि पुगेको हेलिकप्टर पनि लाअराउकानियामा दुर्घटनाग्रस्त भएको छ । जसमा पाइलट र एक मेकानिकको मृत्यु भएको छ। बायोबायो र न्युबल क्षेत्रमा आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिइएको छ। आगो निभाउनका लागि अर्जेन्टिना र ब्राजिलका ६३ विमान परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।
यी दुई क्षेत्रको कुल जनसङ्ख्या करिब २० लाख छ। न्यूबलको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण गरिएको छ।