नेपाल ब्रिटेन डटकमद्वारा दस व्यक्तित्वको सम्मान

SHARE:

एटा संवाददाता
लण्डन । अनलाइन प्रोटल नेपाल ब्रिटेन डटकम नेपालले आप्mनो ११ औं वार्षिकोत्सवको अवसरमा मातृभूमिको सेवा गर्ने शीर्ष दस व्यक्तित्वलाई सम्मान गरेको छ । गत आइतबार २२ जुलाईका दिन लन्डनको ह्यारो फुटबल क्लबमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथि सांसद डा. सूर्य पाठक र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

आईएमई समूहका उत्कृष्ट युवा उद्यमी हेमलार ढकाल, जोन मोर युनिभर्सिटीेमा एसोसिएट डिनको महत्वपूर्ण जिम्मेवारी सम्मालेका डा. पदम सिम्खडा, बेलायती सेनाको लेफिटनेन्ट कर्णेल पदमा पुग्न सफल टोल खाम्चा मगर, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राई, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, बुद्ध फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठ, सहारा युकेका अध्यक्ष मिनबहादुर ‘साइँला’ गुरुङ, समाजसेवी कमलराज खनाल, शान्ति नेपाल समाजका अध्यक्ष कृष्ण ढकाल, गे्रटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीब बेल्वासे र सपन इन्टरटेन्टमेनद्वारा आयोजित डान्स अफ युके–२०१७ बिजेता एवं नायिका जसिता गुरुङलाई सम्मानित भएका छन् ।

नेपाल ब्रिटेन डट कमका सम्पादक चिरन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि सांसद डा. सूर्य पाठक र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले खादा लगाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई समेत बिशेष सम्मान गरिएको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, पूर्वअध्यक्ष सूर्य गुरुङ, सल्लाहकार शिवजी श्रेष्ठ, काउन्सिर विष्णु गुरुङलगायत विशिष्ट व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!