एटा संवाददाता
फार्नबोरो । सन् १९७२ सालमा ब्रिटिस गोर्खाली सेनामा भर्ती भएका इन्टेक प्रथम समूहका नम्बरीहरुको छैटौं भेटघाट सम्पन्न भएको छ ।
गत शनिबार २१ जुलाईका दिन फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा सो भेटघाट सम्पन्न भएको हो । नम्बरी अध्यक्ष ले.रि. डामबहादुर गुरुङ र प्रमुख सल्लाहकार मेजर मनिकुमार राईले संयुक्त रुपमा दीपप्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो । सो कार्यक्रममा नम्वरी मेजर मनिकुमार राई बिग्रेड अफ गोर्खाजको सेक्रेटरीमा चयन भएको, निवर्तमान अध्यक्ष खरबहादुर गुरुङ नम्बरीको सल्लाहकार र नम्वरी बिजय गुरुङ बेक्स्ली नेप्लिज कम्युनिटीको अध्यक्षका चयन भएकोमा अध्यक्ष गुरुङले खादा लगाई सम्मान गरेका थिए । साथै, ३ जना नयाँ नम्बरीहरुलाई समेत खादा लगाई स्वागत गरिएको थियो ।
वरिष्ठ सल्लाहकार मे.रि. कुलबहादुर थापाको विशेष उपस्थिति रहेको भेलामा नम्बरी सुकबहादुर गुरुङले अनिनै मनछुने गीत प्रस्तुत् गरेका थिए भने माया गुरुङले मन्तव्य, रामकुमारी गुरुङ र भिम पुनलगायतले आ–आफ्नो कला प्रस्तुत् गरी भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
नम्बरी सन्तोष क्षेत्री र टोम थापाले तम्बोला र राफल ड्र खेलाएका थिए भने खानामा गंगा पुन, पिय पदार्थमा मे.रि. मनिकुमार राई र रत्न गुरुङ, मनोरन्जनमा बिजय गुरुङ, टिकेटिङ्गमा बेम गुरुङ र म्युजिकमा तेजबहादुर गुरुङले विशेष भूमिका खेलेका थिए ।
कार्यक्रमको अन्त्यमा उपाध्यक्ष नारायणप्रसाद गुरुङले सम्पूर्ण कार्यसमिति, दिदीबहिनी, छोराछोरी र नम्बरीहरुलाई धन्यवाद दिँदै अर्को वर्ष भेट्ने वाचा राख्दै कार्यक्रम बिसर्जन गरेका थिए ।
भेलामा ले.रि. बाजिन्द्रद्रमल्लले हेल्थ एण्ड सेफ्टीको बारे र उपाध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङले स्वागत मन्तब्य र महासचिव डमर सुनारले कार्यक्रम सञ्चालन गरेका थिए ।






